म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा « Khabarhub

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ । 

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित घराम्दी खानेपानी योजनामार्फत औलाका ११५ घरपरिवारका करिब ७०० जनसङ्ख्या लाभान्वित भएका छन् । 

उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले गण्डकी प्रदेश सरकारको ८३ लाख चार हजार ५६९ रुपैयाँ अनुदान र उपभोक्ताको १० लाख २२ हजार ६२१ रुपैयाँको लागतमा योजना निर्माण भएको जानकारी दिए । 

एक करोड २९ लाख ३२ हजार ६२१ रुपैयाँ लागत अनुमान गरिएको योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्दा कम खर्चमा सम्पन्न भएको उनले बताए । 

रिमा गाउँको फेदीमा रहेको कोलालीवाङ मुहानदेखि तीन किलोमिटर ५०० मिटर लामो पाइपलाइनबाट ल्याएको पानी ३५, २० र १० घनमिटर क्षमताको तीन वटा टङ्कीबाट वितरणको व्यवस्था मिलाइएको छ । 

सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको छ । यहाँका बासिन्दाले यसअघि सार्वजनिक धाराबाट पानी उपभोग गर्दथे । सार्वजनिक धाराबाट पानी ओसार्दा हुने समय बचत र झञ्झट हटेको छ । पानीका लागि पालो पर्खनुपर्ने समस्या अन्य भएको छ ।

पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान र दिगो सञ्चालन गर्न न्यूनतम शुल्क निर्धारण गरिएको उपभोक्ता समितिका अध्यक्ष फगामीले बताए । आर्थिक वर्ष २०७९र०८० मा सुरु भएको योजना चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । शाखा पाइपलाइन खन्ने र पुर्ने काम उपभोक्ताले श्रमदानमार्फत गरेका छन् । 

छ सयभन्दा बढी घरपरिवारको बसोबास रहेको साविक हिस्तान गाविसको औलासहित सबै बस्तीमा एक घर एक धारा खानेपानी सुविधा पुगेको वडाध्यक्ष मइलन पुर्जा पुनले बताए । 

सङ्घीय व्यवस्था सुरु हुनुअघि विसं २०७३ देखि निर्माण थालिएको घराम्दी खानेपानी योजनाले यसपाली पूर्णता पाएको हो । योजनामार्फत यसअघि घराम्दी, टिकोट, रिमा टोलमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको थियो । रासस

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ५२ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल