म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा | Khabarhub Khabarhub

म्याग्दीको हिस्तान औलामा ‘एक घर, एक धारा’ सुविधा


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तान औलामा ‘एक घर, एक धारा’सहितको खानेपानी सुविधा विस्तार भएको छ । 

खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत सञ्चालित घराम्दी खानेपानी योजनामार्फत औलाका ११५ घरपरिवारका करिब ७०० जनसङ्ख्या लाभान्वित भएका छन् । 

उपभोक्ता समितिका अध्यक्ष डिलप्रसाद फगामीले गण्डकी प्रदेश सरकारको ८३ लाख चार हजार ५६९ रुपैयाँ अनुदान र उपभोक्ताको १० लाख २२ हजार ६२१ रुपैयाँको लागतमा योजना निर्माण भएको जानकारी दिए । 

एक करोड २९ लाख ३२ हजार ६२१ रुपैयाँ लागत अनुमान गरिएको योजना उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्दा कम खर्चमा सम्पन्न भएको उनले बताए । 

रिमा गाउँको फेदीमा रहेको कोलालीवाङ मुहानदेखि तीन किलोमिटर ५०० मिटर लामो पाइपलाइनबाट ल्याएको पानी ३५, २० र १० घनमिटर क्षमताको तीन वटा टङ्कीबाट वितरणको व्यवस्था मिलाइएको छ । 

सबै उपभोक्ताको घरघरमा मिटरसहितको धारा जडान गरेर खानेपानी वितरण गरिएको छ । यहाँका बासिन्दाले यसअघि सार्वजनिक धाराबाट पानी उपभोग गर्दथे । सार्वजनिक धाराबाट पानी ओसार्दा हुने समय बचत र झञ्झट हटेको छ । पानीका लागि पालो पर्खनुपर्ने समस्या अन्य भएको छ ।

पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान र दिगो सञ्चालन गर्न न्यूनतम शुल्क निर्धारण गरिएको उपभोक्ता समितिका अध्यक्ष फगामीले बताए । आर्थिक वर्ष २०७९र०८० मा सुरु भएको योजना चालु आर्थिक वर्षमा सम्पन्न भएको हो । शाखा पाइपलाइन खन्ने र पुर्ने काम उपभोक्ताले श्रमदानमार्फत गरेका छन् । 

छ सयभन्दा बढी घरपरिवारको बसोबास रहेको साविक हिस्तान गाविसको औलासहित सबै बस्तीमा एक घर एक धारा खानेपानी सुविधा पुगेको वडाध्यक्ष मइलन पुर्जा पुनले बताए । 

सङ्घीय व्यवस्था सुरु हुनुअघि विसं २०७३ देखि निर्माण थालिएको घराम्दी खानेपानी योजनाले यसपाली पूर्णता पाएको हो । योजनामार्फत यसअघि घराम्दी, टिकोट, रिमा टोलमा एक घर, एक धारासहितको खानेपानी सुविधा विस्तार भएको थियो । रासस

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १२ : ५२ बजे

हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

महेन्द्रनगर– जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा आज  एक वृद्धको मृत्यु भएको

खाँदबारीबाट जुवातास खेलिरहेका सात जना पक्राउ

किमाथांका– सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट जुवातास खेल्ने सात जना पक्राउ परेका

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर– तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका

‘तिहारले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व अभिवृद्धि गर्नेछ’ 

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीको दोस्रो महान्

भैरव बाहन गुल्ममा यसरी मनाइयो कुकुर तिहार (तस्बिरहरू)

काठमाडौं– भक्तपुरको सानो ठिमीस्थित भैरव बाहन गुल्ममा सोमबार कुकुर तिहार