प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि « Khabarhub

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयकमा नेकपा एमालेको दोहोरो चरित्र देखिएको टिप्पणी गरेका छन् । 

शनिबार काठमाडौंको सीतापाइलास्थित सहिद शिक्षक स्मृति केन्द्रमा बहुउद्देश्यीय भवनको उद्घाटन गर्दै उनले विधेयकमाथि राष्ट्रियसभामा संशोधन हालेर एमालेले दोहोरो चरित्र देखाएको टिप्पणी गरेका हुन् । 

‘कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो,’ अध्यक्ष प्रचण्डले भने, ‘एमालेका सांसदहरूले राष्ट्रियसभामा ल्याएको संशोधन प्रस्तावबाट माओवादी केन्द्रले उठाएको शंका पुष्टि भएको छ ।’ 

प्रचण्डले पछिल्लो पटक आफ्नो नेतृत्वको सरकारले शिक्षकहरूसँग गरेको सहमति कार्यान्वयनका लागि वर्तमान सरकारले तत्परता नदेखाएको भन्दै असन्तोष व्यक्त गरे । 

‘सरकार तयार नभएपछि तपाईँहरू (शिक्षकहरू) सडकमा रहनुपर्‍यो,’ उनले भने, ‘आन्दोलनमा उत्रिनु भयो । तर, सरकारको नेतृत्वबाट अपमानजनक व्यवहार भयो ।’

उनले शिक्षक आन्दोलन, शिक्षा विधेयक र हालको राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको भूमिका स्पष्ट पार्दै सरकारले संविधानमा भएको व्यवस्था कार्यान्वयन नगरेको आरोप लगाए । 

‘शिक्षकहरूले सडकमा आउनु नपर्ने अवस्था संविधानले नै सुनिश्चित ग यो,’ प्रचण्डले भने, ‘तर त्यसअनुसार कार्यान्वयन नगर्दा आन्दोलन गर्न बाध्य भए । माओवादी केन्द्र सरकारमा भएको भए शिक्षकहरू अपमानित हुन पर्दैनथ्यो ।’

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १ : ३५ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र