प्रचण्डको राजनीतिक ‘ब्राण्ड भ्यालू’ राम्रो छ : वर्षमान « Khabarhub

प्रचण्डको राजनीतिक ‘ब्राण्ड भ्यालू’ राम्रो छ : वर्षमान


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली राजनीतिको ‘ब्राण्ड’ भएको बताएका छन् ।

पार्टीसम्बद्ध अखिल क्रान्तिकारीले शनिबार राजधानीमा गरेको कार्यक्रममा पुनले प्रचण्डले आफूलाई रुपान्तरण गर्न भने जरुरी रहेको बताए । प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको र समाजवादको आधार बसाउन अझै केही समय उनको नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो ।

‘हामी अध्यक्ष प्रचण्डको नेतृत्वमा एकताबद्ध र गोलबन्द छौं । कमरेड प्रचण्ड परिवर्तनको राजनीतिको ब्राण्ड हो, हामीले उहाँलाई ब्राण्डका रुपमा स्थापित गरेका छौं । उहाँको ब्राण्ड भ्यालु राम्रो छ ।’

यद्यपि अध्यक्ष प्रचण्डले पनि आफलाई रुपान्तरणको प्रयत्न भने गर्नुपर्ने पुनले बताए । पुनले पटकपटक मन्त्री, सांसद् भएका र दशक अघिदेखि पार्टीको महत्वपूर्ण भूमिकामा रहेका नेताहरुले बिग्रिएको जति दोष प्रचण्डको थाप्लोमा हालेर उमिक्न नपाउने स्पष्ट गरे ।

‘कमरेड प्रचण्डले पनि आफूलाई रुपान्तरणको प्रयत्न गर्नुपर्छ । उहाँले त्यो गर्नैपर्छ । साथै हामी दोश्रो तेश्रो तहका नेताहरु छौं । अध्यक्षको टाउकोमा सबै हालेर हामी उम्किन पाउँदैनौं’, पुनले भने, ‘हामी पनि कोही अर्थमन्त्री, कोही गृहमन्त्री, कोही ऊर्जामन्त्री, कोही विभिन्न खालका मन्त्री भएका छौं । मन्त्री हुँदा या सांसदमा हुँदा, पार्टीको उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव विभिन्न जिम्मेवारीमा छौं । पार्टीलाई राम्रो बनाउने हाम्रो पनि दायित्व हुन्छ । हामीले सरकार र संसदमा हुँदा के राम्रा नराम्रा ग¥यौं ? गर्न हुने र न हुने ग¥यौं ? हामी आफूतिर पनि फर्कन तयार हुनुपर्छ । समीक्षा गरेर आन्दोलनलाई अगाडि बढाउन हामी तयार पनि छौं ।’

कमजोरी भएका ठाउँमा आत्मालोचना गरेर आफूलाई सच्याउनुपर्ने भन्दै पुनले सापेक्षित रुपमा नेपालका अन्य दलको तुलतामा माओवादी केन्द्रका अध्यक्ष र नेताहरु अरुभन्दा असल र मुलुकको हितप्रति इमान्दार रहेको दाबी गरे ।

दोश्रो तहका नेताहरुले पहिलो र पछिल्ल्लो पुस्ताबीच समन्यव र सन्तुलन मिलाएर पार्टीलाई गतिशिल बनाउने भूमिका खेल्नुपर्ने उनले बताए । ‘अनुभवी र परिपक्व पहिलो पुस्ता र जोश जाँगर भएको तेश्रो पुस्तालाई मिलाउँदा पार्टी संगठन गतिशील हुन्छ । हामी दोश्रो पुस्ताका नेताहरुले अहिले त्यही भूमिका खेल्नुपर्छ । एकांकी रुमपा पुरानो ज्ञानले मात्र आजको दुनियाँ चल्दैन । नयाँ र पुराना पुस्ताले मात्र पनि चल्दैन । सबैतिर भत्काउँछु, सबै खत्तम, यो खत्तम, ऊ खत्तम म मात्र सही भनेर जता पनि ठोक्ने, जता पति गडगडाउने गरेर हुँदैन ।’

फरक प्रसंगमा पुनले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीको निरंकुश, स्वेच्छाचारी र भ्रष्ट प्रवृत्तिले जनताको बलमा सत्ताच्युत भएका प्रतिगामी शक्तिले टाउको उठाउने जमर्को गरेको आरोप लगाए । उनले ओलीले अहिलेको प्रणालीमाथि विगतदेखि नै आक्रमण गर्दै आएको भन्दै फेरि संसद विघटन गर्न सक्ने दाबी गरे ।

‘निरंकुश र स्वेच्छाचारी प्रवृत्तिका केपी ओली नेतृत्वको वर्तमान सरकार बनेको एक वर्षमा राज्य दोहन र भ्रष्टाचार डरलाग्दो रुपमा बाहिर आएको छ । प्रधानमन्त्री सबै पार्टीलाई तोडफोड गरेर साइजमा राख्न र विपक्षीलाई तर्साउन तल्लिन हुनुहुन्छ । आफ्नो कुर्सीमाथि खतरा आइपर्दा उहाँले फेरि संसद् विघटन गर्ने तयारी गर्नुभएको छ भन्ने सुन्नमा आएको छ । यसअघि दुईपटकसम्म गरेको संसद विघटन सही थियो भन्ने पुष्टि गर्न उहाँले त्यो काम नगर्नुहोला भन्न सकिँदैन’, पुनले भने ।

उनले ओलीजस्तै प्रवृत्तिका पुराना पार्टी र नेताका अयोग्यता, भ्रष्टाचार र स्वेच्छाचारी कार्यशैली देखाएर व्यवस्था नै खराब भन्ने स्थापित गर्न खोजिएकाले परिवर्तन पक्षधर शक्तिहरु एकजुट हुनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा अखिल क्रान्तिकारीका उपाध्यक्ष सन्दिप पुन, ममता अधिकारी , दीपा जैसी तथा उप–महासचिवद्वय निरज श्रेष्ठ जटिल कार्की पनि बोलेका थिए । उनीहरुले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने संविधानको प्रावधान कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : २२ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल