कमला नहरमा डुबेका बालकको शव भेटियो « Khabarhub

कमला नहरमा डुबेका बालकको शव भेटियो


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको कर्जन्हा नगरपालिका–११ बगहास्थित कमला नहरमा डुबेर हराएका करिब छ वर्षीय बालकको शव एक दिनपछि मिर्चैयामा फेला परेको छ ।

बिहीबार दिउँसो हजुरआमासँग भैँसी चराउन गएका दीपक महराका छोरा शिवा महरा नहरमा नुहाउने क्रममा डुबेर हराएका थिए । बालक कर्जन्हा–११ को बगहा पासवान टोल निवासी हुन् । 

बालकको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार खोजतलासका क्रममा शुक्रबार अपराह्न करिब ४ बजेतिर मिर्चैया नगरपालिका–३, वीरपुर बजारदेखि दक्षिणतर्फको कमला नहरमा बालकको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बिरेन्द्र पासवानका अनुसार बिहीबार बिहान करिब १० बजे बालक नहरमा डुबेको सूचना पाएको परिवारजन र स्थानीयले आफैँ खोजी सुरु गरेका थिए । तर दिउँसो करिब २ः३० बजेतिर मात्र घटना प्रहरीलाई जानकारी गराइएको थियो ।

खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेर बालकको खोजी गरेको थियो भने शुक्रबार बिहानदेखि सुरु गरिएको खोजीका क्रममा शव मिर्चैया नहरतर्फ भेटिएको हो ।

शव भेटिए लगत्तै आवश्यक कानुनी प्रक्रिया पूरा गरी लहानस्थित रामकुमार उमाप्रसाद प्रादेशिक अस्पतालमा शव परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ४ : ५७ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको