रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती « Khabarhub

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल जोगाउनका लागि ठुला दल मिलेर सरकार बनाउने प्रयोग नेपालमा भएको बताएका छन् । 

शनिबार काठमाडौंमा रास्वपा उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले ठुला क्रान्तिपछि देशलाई स्थिर बनाउन ठुला दल मिलेर सरकार बनाउने प्रयोग, अहिले दुई–चार भ्रष्टहरूको फाइल जोगाउन नेपालमा समेत त्यस्तो दुर्लभ प्रयोग भएको बताएका हुन् ।

उनले वर्तमान सरकार बनाउन संविधान संशोधनलाई बहाना मात्रै बनाएर सफेद झुट बोलेको जिकिर गरे  । समृद्धि र सुशासनको नारा दिएको सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद अवस्था भएको उनको भनाइ छ । वाग्लेले वर्तमान सरकारले रवि लामिछानेलाई थुन्नु नै ठूलो काम ठानेको भन्दै अब छिटै ठुला दलले त्यसको नजिता भोग्ने चेतावनी दिए ।  

उनले २८ लाख नेपालीले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको जानकारी दिए  । 

भिडियोमा पनि हेर्नुहोस् :

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ५ : ३९ बजे

ओयारजाबालको दुई गोलमा स्पेनको शानदार सुरुवात, साउदीविरुद्ध पहिलो हाफमै ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

साउदीविरुद्ध स्पेनको आक्रामक सुरूवात, ३–० को अग्रता

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को खेलमा

आँप महोत्सव सम्पन्न : उत्साहित किसान

महोत्तरी – किसानलाई प्रोत्साहन गर्दै आँपखेतीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित

तिलिचो भक्ति यात्रा सम्पन्न

मुस्ताङ – तिलिचो ताललाई धार्मिक तथा आध्यात्मिक पर्यटकीय गन्तव्यका रुपमा

इरानलाई ट्रम्पको चेतावनी : हिजबुल्लाहलाई नियन्त्रण नगरे कडा कारबाही गर्न बाध्य हुनेछौं

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा सक्रिय रहेको