मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने « Khabarhub

मधेश सङ्‍कट बारे गृहमन्त्री : वैकल्पिक स्रोतहरुको पहिचान गरी वैज्ञानिक वितरणको व्यवस्था मिलाइने


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले मधेशका प्रमुख जिल्ला अधिकारीहरुलाई पानीको समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

मधेशलाई सङ्‍कटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा गृह मन्त्रालयमा आयोजित समन्वयात्मक बैठकमा बोल्दै गृहमन्त्री लेखकले वैकल्पिक स्रोतहरुको पहिचान र वैज्ञानिक वितरणको व्यवस्था मिलाउनका लागि प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण र समन्वय गर्न निर्देशन दिए ।

‘हिजोमात्रै प्रधानमन्त्रीले बोरिङ गर्ने भनेर घोषणा गर्नुभएको छ कुनकुन ठाउँमा बोरिङ गर्नुपर्ने हो पहिचान गर्नुपर्‍यो
आवश्यक्तालाई प्राथमिकीकरण गर्नुपर्‍यो । छिटो प्रक्रियाबाट बोरिङ ट्युबवेल जडान गर्ने काम थाल्नुपर्‍यो ।’

मधेशमा खानेपानी र सिंचाइको समस्या भएका स्थानहरुको पहिचान गर्नुपर्ने, चापाकल, बोरिङ, सेलोट्युवेल, ड्रिप ट्युबवेल सुकेको कुरा पनि आइरहेको बताउँदै गृहमन्त्री लेखकले विपद्‍ सङ्‍कट ग्रस्त क्षेत्र घोषणा गरेको सन्दर्भमा स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारीहरुलाई विशेष अधिकार रहेको बताए । उनले ती अधिकारहरुको प्रयोग गरेर चाँडो समस्याको समाधान गर्ने बताए ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : १३ बजे

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ