‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’ | Khabarhub Khabarhub

‘समृद्ध तनहुँ बनाउन सबैबीच हातेमालो आवश्यक छ’


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले समृद्ध तनहुँ बनाउने अभियानमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएकी छन् । 

तनहुँ उद्योग वाणिज्य सङ्घले शनिबार दमौलीमा आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा उनले दलगत आस्थाभन्दा माथि उठेर तनहुँको विकासमा लाग्नुपर्ने बताइन् । मन्त्री न्यौपानेले विकास निर्माणमा राजनीति नगरी एकताबद्ध भएर हातेमालो गर्न सबैलाई आग्रह गरिन् । 

उनले उद्योग व्यवसायमार्फत देश विकासमा लागिरहेका सम्पूर्ण व्यवसायीको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरिन् ।

‘समाज परिवर्तनका लागि लागिरहेका उद्योगी व्यवसायीका समस्या समाधानबारे म पनि जानकार छु । निजी क्षेत्र विकासको मुख्य संवाहक भएकाले यहाँहरूका समस्या समाधानमा सरकार प्रतिबद्ध छ र मेरो तर्फबाट आवश्यक सहजीकरण गर्न म सधैँ तयार छु’, मन्त्री न्यौपानेले भनिन् । 

कार्यक्रममा सङ्घका अध्यक्ष वैकुण्ठनाथ मिश्रले व्यवसायमा अनेक किसिमका समस्या आउँदा आफूहरू मर्कामा परेको बताए । सङ्घका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष इमकुमार मल्लले व्यावसायिक वातावरण राम्रो बनाए मात्र देशको अर्थतन्त्र सुधार हुने भन्दै यसमा ध्यान दिन आग्रह गरे ।  
 

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ७ : २६ बजे

क्यामरुनका राष्ट्रपतिका मुखर आलोचक चुनावी प्रतिस्पर्धामा सहभागी हुन नपाउने

यउन्डे– क्यामरुनका राष्ट्रपति पाउल बियाका एक चर्चित आलोचकलाई निर्वाचन अधिकारीहरूले

कांग्रेसको पन्ध्रौँ महाधिवेशन कहिले ? सिटौला भन्छन् : २०८३ को दशैँअगाडि सम्भव छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको पन्ध्रौँ महाधिवेशन २०८३

संवैधानिक परिषद्लाई बहुमतले निर्णय गर्न दिनुपर्छ : कृष्ण सिटौला

काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संवैधानिक परिषद् बहुमतले निर्णय

बागलुङमा सडक बनाउन आर्थिक सहयोग अभियान

गण्डकी– सडक निर्माणका लागि बजेट अपुग भएपछि बागलुङको ताराखोला गाउँपालिका–३

म्याग्दी निस्कोटका १२५ घरपरिवारमा खानेपानीको पहुँच

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा ‘एक घर, एक धारा’सहितको