तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप | Khabarhub Khabarhub

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

तनहुँ – जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई पूर्णखोप लगाइएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकाका दुई लाख ९० हजार ६८५ पशुमा पूर्णखोप लगाएको हो ।

सङ्क्रामक रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिए।

गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्णखोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल पार्ने लक्ष्य राखेको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयातनिर्यात हुने भएकाले पूर्णखोप सुनिश्चित अभियान सञ्चालन गरिएको उनले बताए ।

प्रमुख अधिकारीका अनुसार खोप कार्यक्रमका लागि ९३ जना खोपकर्ता नियुक्त गरिएको थियो । दश स्थानीय तहका एक हजार ११३ टोल, ८५ वटा वडा, ४६ हजार ७१ घरधुरीमा पुगेर दुई लाख ९० हजार ६८५ पशुमा खोप लगाइएको उनले जानकारी दिए । उनका अनुसार छ हजार ६२४ कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।

अधिकारीले व्यास नगरपालिकामा सबैभन्दा बढी ३६ हजार ९२९ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा १८ हजार १०७ पशुमा खोप लगाइएको जानकारी दिए। पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यमा पार्ने नकारात्मक असरबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रणमा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्दै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  ८ : १८ बजे

प्रधानमन्त्री समक्ष १३ क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गर्न आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सुदूरपश्चिमका नेताले विभिन्न १३

घण्टीघरमै पुगेर अमरेश सिंहले गरे रविको पक्षमा हस्ताक्षर

काठमाडौं- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सहकारी ठगी प्रकरणमा मुछिएर

सुनकोशीमा पाँच वर्षदेखि निर्माणाधीन पुल अलपत्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माण सुरु गरिएको

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध छानबिन माग गर्दै उजुरी

काठमाडौं– वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली

ऊर्जामन्त्री भन्छन्- २१ वर्षअघि टाँगेका तारले मधेशमा बिजुलीको माग धान्दैन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सुख्खा संकटग्रस्त मधेश