एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी | Khabarhub Khabarhub

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी


१० श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी भएका छन् । संघको शनिबार (जुलाई २६ मा) सम्पन्न निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् ।

उनले नर्दन टेरोटेरीबाट सन्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया) (३७२७) बाट भैरव ढकाललाई हराएका हुन्।
१६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३७०१ खसेको मतबाट ६८३९ मत पाए ।

झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव रहेका थिए। प्यानल सहित चुनावी मैदानमा होमिएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने आफ्नो लक्ष्य रहेको बताए । यो जीत समग्र संघका सदस्यहरूको जीत रहेको भन्दै आफूले यो विश्वासलाई सधैं न्याय दिलाउने उद्घोष गरे ।

यससँगै कुँवरले अष्ट्रेलियास्थित संघीय तथा राज्य सरकारहरूबाट अनुदान भित्र्याउने र २ मिलियन डलरको स्रोत सुनिश्चित गर्ने महत्वाकांक्षी योजना अगाडि बढाउने छन् ।

यसअघि कुँवर एनआरएनए अस्ट्रेलियाको राज्य संयोजक (२०१७–२०१९), आईसीसी सदस्य (२०१९–२०२१), र ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२०२३) को जिम्मेवारीमा बसिसकेका छन्।

कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई नमूना कार्यक्रमको रूपमा विस्तार गर्ने योजना पनि अगाडि सारेका छन्।

एनआरएनए अष्ट्रेलिया अन्तर्गत निर्माण हुने नेपाली बहुसांस्कृतिक केन्द्रलाई दातृ निकायहरूसँग साझेदारीमार्फत सम्पन्न गरिने उनको योजना छ ।

निर्वाचनबाट उपाध्यक्षमा (एनआरएन अस्ट्रेलियाका अहिलेका प्रवक्तासमेत रहेका बबिन मिश्र विजयी भएका छन् । उनले ७२६१ मत पाउँदा अर्का उम्मेदवार रमेश पौडेलले ४६१९ मत पाए।

यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए । उनले ७०३० मत पाउँदा अर्का उम्मेदवार सिड्नीका भरतमणि देवकोटाले ३२५३ र वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले १८१४ मत पाए।

कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए । उनले ७०८७ मत पाउँदा लुना सिवाकोटीले ४७५६ मत पाए। यस्तै सचिव पदमा कल्याण खड्काले ७१८० मतसहित विजयी भए।

एनआरएन अस्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिज्नो अधिकारी विजयी भएकी छन् राष्ट्रिय युवा संयोजकमा पुकार घिमिरे निर्वाचित भएका छन् । यससँगै अध्यक्ष कुँवरको प्यानलबाट निर्वाचनमा होमिएकामध्ये अधिकांशले विजयी हासिल गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८२, शनिबार  १० : ०९ बजे

प्रधानमन्त्री ओलीले भने- राजनीतिमा को कतिबेला जेल पर्न सक्छ भन्न सकिँदैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल

युद्धविराम हुने आशाका बावजुद थाइल्यान्ड र कम्बोडियाबीच आइतबार पनि झडप जारी

साम्राओङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपपछि दुवै पक्षले युद्धविरामबारे छलफल

राष्ट्रियसभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आइतबारको बैठकमा सदस्यहरूले तराईमा पानी नपर्नाले भएको समस्यादेखि

भोजपुरका युवा पुरानो रीतिरिवाज र संस्कृति जोगाउन सक्रिय

टक्सार– स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको

भारतीय नेतालाई कठिन समयमा नेपालले सेल्टर दिएको थियो – प्रधानमन्त्री ओली

काठमाडौं – प्रधान केपी शर्मा ओलीले भारतको स्वतन्त्रताका लागि नेपाली