इंग्ल्यान्डसँगको टेस्टमा भारतको हार जोगाउने प्रयासमा गिल र राहुल « Khabarhub

इंग्ल्यान्डसँगको टेस्टमा भारतको हार जोगाउने प्रयासमा गिल र राहुल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान शुभमन गिल र के एल राहुलको सानदार पारीले भारतले इङ्गल्यान्डसँगको चौथो टेस्टमा हार टार्ने सम्भावना देखिएको छ।

शनिबार चौथो दिन इङ्गल्यान्डले ३११ रनको अग्रता लिएको थियो। पहिलो पारीमा भारतलाई ३५८ मा सीमित गरेपछि इंग्ल्यान्डले ३६९ रन जोडेको हो।

शनिबार नै दोस्रो पारी सुरु गरेको भारतले पहिलो ५ बलमा कुनै रन नजोडेर यशस्वी जयसवाल र साइ सुदर्शनलाई गुमाएको थियो। कृश ओक्सले यो विकेट लिएका हुन्। यसपछि ६३ ओभरमा राहुल र गिलले १७४ रनको साझेदारी गर्दै चौथो दिनको अन्त्य गरे। राहुल ८७ तथा गिल ७८ रनमा अविजित छन्।

यसअघि इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले १४१ रनको सानदार पारी खेले। पहिलो पारीमा नै ५ विकेट लिनुका साथै शतक पनि प्रहार गरेर स्टोक्सले आफूलाई संसारको उत्कृष्ट अलराउण्डरको सूचीमा दर्ज गरेका हुन्।

इङ्गल्यान्डले जोडेको रन टेस्ट क्रिकेटमा एकै पारीमा बनेको पाँचौँ ठुलो योगफल हो भने स्टोक्स गेरी सोबर्स र ज्याक्स कालिसपछि सात हजार रन पुरा गर्नुका साथै दुई सय विकेट लिन सफल तेस्रो अल राउण्डर पनि बनेका छन्।

इंग्ल्यान्डले नवौँ विकेटका लागि पनि ९७ बलमा ९५ रन जोडेको थियो। यस अघिको खेलमा अर्धशतक प्रहार गरेका दशौँ क्रममा बाइडन कर्सले ४७ रन जोडे। स्टोक्सलाई नवौँ विकेटको रूपमा जसप्रित बुमराहले आउट गरे। भारतका रवीन्द्र जडेजाले चार तथा बुमराह र वासिङ्टन सुन्दरले दुईदुई विकेट लिए।

भारतको पाँच विकेट लिएका इङ्गल्यान्डका कप्तान बेन स्टोक्स।

शृङ्खलामा २-१ ले पछि परेको भारत चौथो टेस्टमा एक दिनको खेल बाँकी रहँदा १३७ रनले पछि छ। गिल र राहुलको उत्कृष्ट पारीका कारण टेस्टमा बराबरीकै सम्भावना प्रबल देखिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : २२ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील