इंग्ल्यान्डसँगको टेस्टमा भारतको हार जोगाउने प्रयासमा गिल र राहुल | Khabarhub Khabarhub

इंग्ल्यान्डसँगको टेस्टमा भारतको हार जोगाउने प्रयासमा गिल र राहुल


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कप्तान शुभमन गिल र के एल राहुलको सानदार पारीले भारतले इङ्गल्यान्डसँगको चौथो टेस्टमा हार टार्ने सम्भावना देखिएको छ।

शनिबार चौथो दिन इङ्गल्यान्डले ३११ रनको अग्रता लिएको थियो। पहिलो पारीमा भारतलाई ३५८ मा सीमित गरेपछि इंग्ल्यान्डले ३६९ रन जोडेको हो।

शनिबार नै दोस्रो पारी सुरु गरेको भारतले पहिलो ५ बलमा कुनै रन नजोडेर यशस्वी जयसवाल र साइ सुदर्शनलाई गुमाएको थियो। कृश ओक्सले यो विकेट लिएका हुन्। यसपछि ६३ ओभरमा राहुल र गिलले १७४ रनको साझेदारी गर्दै चौथो दिनको अन्त्य गरे। राहुल ८७ तथा गिल ७८ रनमा अविजित छन्।

यसअघि इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले १४१ रनको सानदार पारी खेले। पहिलो पारीमा नै ५ विकेट लिनुका साथै शतक पनि प्रहार गरेर स्टोक्सले आफूलाई संसारको उत्कृष्ट अलराउण्डरको सूचीमा दर्ज गरेका हुन्।

इङ्गल्यान्डले जोडेको रन टेस्ट क्रिकेटमा एकै पारीमा बनेको पाँचौँ ठुलो योगफल हो भने स्टोक्स गेरी सोबर्स र ज्याक्स कालिसपछि सात हजार रन पुरा गर्नुका साथै दुई सय विकेट लिन सफल तेस्रो अल राउण्डर पनि बनेका छन्।

इंग्ल्यान्डले नवौँ विकेटका लागि पनि ९७ बलमा ९५ रन जोडेको थियो। यस अघिको खेलमा अर्धशतक प्रहार गरेका दशौँ क्रममा बाइडन कर्सले ४७ रन जोडे। स्टोक्सलाई नवौँ विकेटको रूपमा जसप्रित बुमराहले आउट गरे। भारतका रवीन्द्र जडेजाले चार तथा बुमराह र वासिङ्टन सुन्दरले दुईदुई विकेट लिए।

भारतको पाँच विकेट लिएका इङ्गल्यान्डका कप्तान बेन स्टोक्स।

शृङ्खलामा २-१ ले पछि परेको भारत चौथो टेस्टमा एक दिनको खेल बाँकी रहँदा १३७ रनले पछि छ। गिल र राहुलको उत्कृष्ट पारीका कारण टेस्टमा बराबरीकै सम्भावना प्रबल देखिएको छ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : २२ बजे

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – यही भदौ २३ र २४ गते जेनजीद्वारा गरिएको

जेनजी आन्दोलन: पोखरामा आगजनी गर्ने क्रममा जलेका पुरुषको मृत्यु

कास्की – पोखरामा ‘जेनजी’ प्रदर्शनका क्रममा जिल्ला प्रहरी कार्यालयमा आगजनी

जनमतका केन्द्रीय सचिव बीपी साहविरुद्ध जबरजस्ती करणीको मुद्दा, खोजी गर्दै प्रहरी

जनकपुरधाम – सिके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय सचिव बीपी

रविलाई नख्खु कारागारमै राखियो, उच्च सुरक्षा सतर्कता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछाने

मधेश सरकारबाट फिर्ता हुने जनमतको निर्णय

जनकपुरधाम – मधेश प्रदेशमा जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता