काठमाडौं – मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएपछि इजरायल मानवीय कोरिडोरमार्फत राहत उपलब्ध गराउन सहमत भएको हो ।
यो सहमतिको केही घण्टा अघिसम्म इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले आकाशबाट राहत खसाल्न अनुमति दिने बताएको थियो ।
यसरी खसालिएको राहतमा अन्तर्राष्ट्रिय निकायले उपलब्ध गराउने पिठोसहित चिनी र प्याकेटका खानेकुरा थिए । त्यस क्षेत्रमा एक महिनादेखि खाद्यान्न अभावका कारण लाखौँ मानिसको कुपोषणको जोखिममा रहेको बताउँदै अन्तर्राष्ट्रिय निकायले यस साताभर इजरायललाई दबाब दिएका थिए ।
आइडिएफले मानवीय कुरामा आफू सचेत रहेको कुरा जनाएको छ । आइडिएफले डी साल्टेसनको पनि व्यवस्था गरेको छ । यसले नौ लाख जनालाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसअघि मार्च महिनादेखि गाजामा इजरायलले राहत वितरणमा रोक लगाएको थियो । यसमा मे महिनामा फेरि थप प्रतिबन्द लगाएको थियो ।
गाजा ह्युमनेटेरियन फाउन्डेसन (जिएचएफ)ले राहत वितरण गरे पनि राहत लिन जानेहरू माथि नै इजरायली सेनाले आक्रमण गर्ने गरेको थियो ।
यसरी राहत वितरण गर्नका लागि बाटो खुला गर्ने प्रयासमा संयुक्त राष्ट्र सङ्घ र बेलायतले सबै भन्दा बढी पहल गरेको थियो थिए ।
प्रतिक्रिया