विप्लव र शंकर पोखरेलबीच भेटवार्ता | Khabarhub Khabarhub

विप्लव र शंकर पोखरेलबीच भेटवार्ता


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


810
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्र नेतृत्वको समाजवादी मोर्चा अलपत्र परेको अवस्थामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले विभिन्न दलसँग संवाद अघि बढाएका छन् ।

माओवादीसँग एकता प्रक्रिया रोकिनुका साथै समाजवादी मोर्चा पनि गतिहीन भएको अवस्थामा विप्लवले अन्य दलहरूसँग संवाद गरिहेका छन् ।

तत्कालीन केपी शर्मा ओली सरकारसँग भएको तीन बुँदे सहमतिअनुसार शान्ति प्रक्रियामा आएका विप्लव राजनीतिक भविष्यलाई लिएर अन्योलमा छन्।

पछिल्लो पटक देशव्यापी खेती अभियान थालेका उनले २०८४ को संसदीय निर्वाचनमा सहभागी हुने निर्णय गरिसकेका छन् । यो अवस्थामा उनले माओवादी इत्तर शक्तिहरूसँग पनि छलफल गर्ने क्रममा एमाले महाचसिवलाई भेटेका हुन् ।

‘विप्लव’ र महासचिव शंकर पोखरेलबीच आइतबार बिहान भएको संवादको विस्तृत विवरण आइसकेको छैन। भेटमा राष्ट्रिय राजनीतिको पछिल्लो परिवर्तित अवस्थाबारे कुराकानी भएको दुवै पक्षले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १२ : ४६ बजे

हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो

गण्डकी– सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका–

बागमतीका खानेपानीमन्त्री खड्काले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका खानेपानी तथा ऊर्जा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनामा

मधेसमा पानीको हाहाकार, टोलटोलमा ट्यांकरबाट बाँडिदै (तस्बिरहरू)

काठमाडौं– मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा

राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा एक महिनामा ३० जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले एक महिनामा ३०

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । अघिल्लो दिनको