हितेन्द्रदेवको स्पष्टीकरण- चितवनमा लोडसेडिङ भएको होइन, सव-स्टेशन अपग्रेड हुँदैछ « Khabarhub

हितेन्द्रदेवको स्पष्टीकरण- चितवनमा लोडसेडिङ भएको होइन, सव-स्टेशन अपग्रेड हुँदैछ


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले चितवनमा लोडसेडिङ सुरू भएको भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै शाक्यले मर्मत कार्यका लागि विद्युत आपूर्ति रोकिएको भन्दै लोडसेडिङ भनेर गलत तरिकाले व्याख्या गरिएको बताए ।

चितवनमा रहेको सव-स्टेशन अपग्रेड गर्न पुरानो कन्डक्टर फेर्ने काम चलिरहेकाले आइतबार र सोमबार विद्युत् आपूर्ति बन्द गर्न लागिएको उनले जानकारी दिए ।

शाक्यले पुरानो कन्डक्टरका कारण लोड धान्न नसक्ने अवस्था आएपछि नयाँ कन्डक्टर परिवर्तन गर्न खोजिएको बताए ।

उनले विद्युत् क्षमताबृद्धि गर्दा पुरानो नेटवर्क धान्न नसकेका कारण बत्ति जाने समस्या देखिएको उल्लेख गरे ।

त्यस्तै शाक्यले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विवाद समाधानका लागि गठित प्रशासकीय पुनरवलोकन समितिको म्याद थप ३५ दिनका लागि थप गरिएको जानकारी दिए ।

समितिले निर्णय गरेपछि बक्यौता उठाइने भन्दै शाक्यले बक्यौता उठ्न नसके लाइन काटिने स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  १ : ०० बजे

एसिया कप फाइनलमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – दुवईमा जारी यू-१९ एसिया कपको फाइनलमा आज भारत

प्रिमियर लिग : एभर्टनलाई हराउँदै आर्सनल शीर्ष स्थानमा

काठमाडौं – इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनल

१० खेलाडीमा सीमित सेभिल्लामाथि रियलको जित : एम्बाप्पे र बेलिङ्घमले गरे गोल

काठमाडौं – ला लिगा अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा सेभिल्लामाथि

दार्चुलामा जीप दुर्घटनाः एक जनाको मृत्यु

दार्चुला – मार्मा गाउँपालिका–३ भसेमा जीप दुर्घटना हुँदा एक जनाको

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै