मुटुका बिरामी मौसमलाई पौने पाँच लाख आर्थिक सहयोग « Khabarhub

मुटुका बिरामी मौसमलाई पौने पाँच लाख आर्थिक सहयोग


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एकजना मुटुका बिरामीलाई पौने पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

मुटुको रोगका कारण लामो समयदेखि सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारत भोजपुर नगरपालिका-११ आम्तेकका २६ वर्षीय मौसम राईलाई ४ लाख ७४ हजार आर्थिक सहयोग आइतबार हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम समाजसेवामा सक्रिय केदार राईको पहलमा नेपालसहित विभिन्न देशबाट संकलत गरिएको हो । विदेशमा दक्षिण कोरिया र बेलायतसहितका प्रवासी नेपालीहरूले पनि सहयोग रकम पठाएका थिए ।

मौसमको उपचारका लागि नेपालका सहयोगी, शुभेच्छुक, बेलायतमा रहेका आफन्त र दक्षिण कोरियासहित विभिन्न देशमा बस्ने नेपालीले उक्त सहयोग रकम दिएका हुन् । यो अभियानमा रकम संकलनका लागि नेपालबाट केदार, दक्षिण कोरियाबाट भविन्द्र राई र मलेसियाबाट गंगाराज राई सक्रिय भएका थिए।

उक्त सहयोग रकम समाजसेवामा सक्रिय केदर राईले मौसमका दाजु मिथुनलाई गंगालाल हृदयरोग केन्द्रमै पुगेर हस्तानतरण गरेका हुन् ।

मौसमलाई बचाउन केदार राईको संयोजकत्वमा नेपालसहित विभिन्न देशमा आर्थिक सहयोग संकलन अभियान चलाइएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ३ : ३५ बजे

तिङ्कर सडकको दुम्लिङसम्म गाडी पुग्यो

दार्चुला : दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक सवारीसाधन

‘विधिबाट स्थापित पद्धति र परम्परा पालनामा तलमाथि भए मानव समाज भयभीत हुन थाल्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले कानुन दोषीका निम्ति भय र

जनकपुरमा स्वास्थ्यमन्त्रीको पुतला दहन

काठमाडौं । नेपाल सरकारले स्वास्थ्य सेवातर्फ थप गरेको नयाँ दरबन्दीमा

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी