लोडसेडिङको हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति | Khabarhub Khabarhub

लोडसेडिङको हल्ला भ्रामक भएको भन्दै प्राधिकरणले निकाल्यो विज्ञप्ति


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक लोड व्यवस्थापन गर्न निकालेको सूचनालाई लिएर लोडसेडिङ तालिका भनेर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आइतबार एक विज्ञप्ति जारी गर्दै चनौली वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापनका सम्बन्धमा एक दिनका लागि निकालेको लोड व्यवस्थापन तालिकाले सृजना गरेको अन्योल र त्यसैलाई लिएर केही सञ्चारमाध्यमहरू र सामाजिक सञ्जालमा व्यक्त भएको धारणाप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

वर्षातको समयमा अपेक्षाकृत पानी नपर्दा आइपरेको खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापनका लागि विद्युत् लाइन तथा ट्रान्सफर्मरहरू अदली बदली गर्नुपर्ने हुँदा सोको लागि लाइन अवरुद्ध हुने समय तालिका मात्र सार्वजनिक गरेको विषयलाई ‘लोडसेडिङ तालिका’ शीर्षक दिएर समाचार प्रकाशित गर्नु अनुचित र भ्रामक रहेको स्पष्ट पार्न चाहन्छौँ’, प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्राधिकरणले चनौली वितरण केन्द्रको कार्यक्षेत्रमा देखिएको समस्या केबल प्राविधिक समस्या मात्रै भएको र दुई तीन दिनभित्र समस्या समाधान हुने जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ४ : ५४ बजे

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको

सभामुख घिमिरे जेनेभा प्रस्थान

काठमाडौं – सभामुख देवराज घिमिरे अन्तर व्यवस्थापिका सङ्घ र संयुक्त

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूूर्यविनायकमा नयाँ रङ्गशाला

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको