निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुन्छ : मन्त्री न्यौपाने « Khabarhub

निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुन्छ : मन्त्री न्यौपाने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

दमौली– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारी ऐन संसद्को चालु अधिवेशनबाटै पारित हुने बताएकी छन्  । 

नेपाल निजामती कर्मचारी सङ्गठन तनहुँले आइतबार आयोजना गरेको सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री न्यौपानेले निजामती कर्मचारी ऐन आइसकेपछि कर्मचारीका धेरै समस्या सम्बोधन हुने उल्लेख गरिन् । 

उनले प्रतिनिधिसभाबाट उक्त ऐन राष्ट्रियसभामा आएको र राष्ट्रियसभाले पारित गरेर पुनः प्रतिनिधिसभा पठाएपछि त्यहाँबाट ऐन जारी हुने बताइन् । 

मन्त्री न्यौपानेले ऐन आइसकेपछि कर्मचारीका धेरै सवाल समाधान हुने बताइन् । उनले सङ्घीयताको मर्मअनुसार कर्मचारी व्यवस्थापन भएन भन्ने सवाल पनि ऐनले समाधान गर्ने विश्वास व्यक्त गरिन् । 

कर्मचारी प्रशासनमा केही समस्या रहेको उल्लेख गर्दै उनले त्यस्ता सबै समस्या समाधान गरिने बताइन् । 

मन्त्रालयको काम सरुवा बढुवा मात्रै हो की भन्ने सन्देश गएको जिकिर गर्दै मन्त्री न्यौपानेले सङ्घीयता कार्यान्वयन तथा तीन तहको सरकारको समन्वय पनि मुख्य जिम्मेवारी रहेको चर्चा गरिन् । 

नेपाल निजामती कर्मचारी सङ्गठन गण्डकी प्रदेशका अध्यक्ष डोलराज पराजुलीले निजामती कर्मचारी ऐन नआउँदा तल्लो तहका कर्मचारीलाई समस्या भएको बताए । 
 

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ६ : २१ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा