मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु | Khabarhub Khabarhub

मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ ।

भूकम्पले क्षति पुर्‍याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

“ट्रकभित्र मार्बल अनलोड गर्न पसेका बेला एकातिरको सामान निकाल्दै गर्दा अर्कोपट्टिको मार्बल बण्डल झरेर शाहानीको छातीमा लागेको रहेछ”, उनले भने, “मार्बल गह्रौ हुने भएकाले तत्काल नै बढी असर परेर ज्यान गएको हो ।”

गाडीबाट भवनमा बिछ्याउने मार्बल झार्ने क्रममा च्यापिएर गम्भीर घाइते शाहानीको उपचारका लागि गोरखा अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रत्यक्षदर्शी दिनेश नेपालीले जानकारी दिए ।

मृतको शव परीक्षण गरी आजै आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ । २०७२ को बारपाक भूकम्पमा पुरानो भवनमा क्षति पुगेपछि गोरखा नगरपालिका–६ स्थित अदालतको सुविधा सम्पन्न भवन निर्माणाधीन छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : ३८ बजे

खोपारा लेकमा पर्यटकीय पूर्वाधार निर्माण सुरु

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास भएको अन्नपूर्ण गाउँपालिका–५ को

कांग्रेस पार्टी ठूलो भएपनि बहुमत नहुँदा मिलेर सरकार बनाउनुपर्‍यो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले वर्तमान सरकारका केही

बराहक्षेत्रमा ज्ञानेन्द्रबहादुर कार्कीको स्मार्ट सिटी फेल, सडक मात्रै स्मार्ट बनाइने

काठमाडौं – सुनसरीको बराहक्षेत्र नगरपालिकामा चर्चाको रूपमा रहेको ‘स्मार्ट सिटी’

चट्याङले कटहरका रुखमा दन्किएको आगो ४० घण्टापछि नियन्त्रण (भिडियो)

काठमाडौं– काभ्रेको मण्डनदेउपुर नगरपालिका- १० बाँसटौवामा चट्याङ लागेर कटहरको रूख जलेको

प्राधिकरणले सूचनाबिना विद्युत् लाइन छाड्दा करेन्ट लागेर एक मजदुरको मृत्यु

काभ्रेपलाञ्चोक– धुलिखेलमा विद्युत्को खम्बामा आज काम गरिरहेका एक मजदुरको करेन्ट