मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु « Khabarhub

मार्बल झार्दा च्यापिएर मजदूरको मृत्यु


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ ।

भूकम्पले क्षति पुर्‍याएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए ।

“ट्रकभित्र मार्बल अनलोड गर्न पसेका बेला एकातिरको सामान निकाल्दै गर्दा अर्कोपट्टिको मार्बल बण्डल झरेर शाहानीको छातीमा लागेको रहेछ”, उनले भने, “मार्बल गह्रौ हुने भएकाले तत्काल नै बढी असर परेर ज्यान गएको हो ।”

गाडीबाट भवनमा बिछ्याउने मार्बल झार्ने क्रममा च्यापिएर गम्भीर घाइते शाहानीको उपचारका लागि गोरखा अस्पताल पुर्‍याएलगत्तै अस्पतालले मृत घोषणा गरेको प्रत्यक्षदर्शी दिनेश नेपालीले जानकारी दिए ।

मृतको शव परीक्षण गरी आजै आफन्तलाई बुझाउने प्रहरीले जनाएको छ । २०७२ को बारपाक भूकम्पमा पुरानो भवनमा क्षति पुगेपछि गोरखा नगरपालिका–६ स्थित अदालतको सुविधा सम्पन्न भवन निर्माणाधीन छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ९ : ३८ बजे

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको छ

माइतीघरमा सहकारी पीडितको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सहकारीमा बचत गरेको रकम फिर्ता हुनुपर्ने माग राख्दै सहकारी

गगन थापाको अनुपस्थितिबीच कांग्रेस केन्द्रीय समितिमा पेश भए दुईवटा प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपामा जारी छ।

गुरूराजले भने : अब विगतको तितो बिर्सिएर पन्ध्रौँ महाधिवेशनतिर लागौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टी पंक्तिलाई १५औँ महाधिवेशनको

अर्जुननरसिंहले गरे कांग्रेस संसदीय दलको नेतामा दाबी

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संघीय संसद्को प्रतिनिधिसभातर्फ संसदीय