सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी « Khabarhub

सुख्खाग्रस्त वीरगञ्जमा ‘अभियान सहारा’ले पठायो १२ सय लिटर पिउने पानी


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका युवा नेता तथा सामाजिक अभियन्ता प्रकाश पौडेलको पहलमा थालिएको अभियान सहाराले सुख्खा र खडेरीले संकटग्रस्त वीरगञ्जमा १२ सय लिटर सफा पिउने पानी पठाएको छ ।

अभियान सहाराअन्तर्गत चितवनबाट आइतबार १०० कार्टुन पिउने पानी (१२०० लिटर) वीरगञ्जका लागि पठाएको पौडेलले खबरहबलाई बताएका छन्। उनले सुख्खाग्रस्त देशभरका अन्य जिल्लामा पनि अभियान सहाराले पानी पठाउने जानकारी दिए । हेटौंडाबाट पनि वीरगञ्जसहितका सुख्खाग्रस्त क्षेत्रमा पानी पठाइसकिएको उनले बताए ।

‘एक जनाले एक जनाको लागि सहयोग गरौँ । प्यासले पिरोलिएको मधेशमा पानी पठाऔँ’, उनले भने, ‘अत्यधिक गर्मी र खडेरीका कारण तराईका विभिन्न जिल्लाहरूमा खानेपानीको भयावह अभाव भइरहेको छ। यस विषम परिस्थितिमा हामीमध्ये जो जहाँ छौँ, त्यहाँबाट छुट्ने सवारी साधनबाट पानी पठाऊँ ।’

पौडेलले पानीका बोतलहरू भरेर सुख्खाग्रस्त देशका क्षेत्रमा पनि बस र ट्रकसहितबाट पठाउन सकेमा प्यासले छटपटाइरहेका नागरिकलाई राहत मिल्ने बताएका छन्।

उनले ‘प्यासविरुद्ध एक बोत्तल पानी’ अन्तर्गत एकजनाले एकजनाका लागि सहयोग गर्न पनि भनेका छन् । पौडेलले अभियान सहाराको ‘मधेशमा पानी’अभियानमा जोडिन पनि अपील गरेका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ७ : ४५ बजे

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू

नेपाल भलिबल लिग : काठमाडाैंको विजयी सुरुआत

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)मा काठमाडौँ रेड्सले

मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन

गोरखा – यो वर्षको शरदऋतु (असोज, कात्तिक) मा मनास्लु हिमाल