यूएई–इण्डिया सेपा काउन्सिल र बनारस हिन्दू विश्वविद्यालयले साझेदारी गर्ने « Khabarhub

यूएई–इण्डिया सेपा काउन्सिल र बनारस हिन्दू विश्वविद्यालयले साझेदारी गर्ने


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यूएई–इण्डिया कम्प्रिहेन्सिभ इकोनोमिक पार्टनरसिप (यूएई–इण्डिया सेपा) काउन्सिल र बनारस हिन्दू विश्वविद्यालयबीच साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । द्विपक्षीय शिक्षा सहकार्य अभिवृद्धि गर्न तथा संस्थागत सम्बन्ध विस्तार गर्ने विषयमा दुई संस्थाबीच सम्झौता भएको हो ।

काउन्सिलका निर्देशक अहमद अल्जनेइबीले यस साझेदारीले बनारस हिन्दू विश्वविद्यालयका विद्यार्थीमा गहिरो साझेदारी र स्टार्टअप इकोसिस्टम विकास हुने अपेक्षा गरिएको बताए । भारतीय समाचार संस्था एएनआईका अनुसार हाल काउन्सिलले स्वास्थ्य सेवा, प्रविधि, कृषि, वित्तजस्ता क्षेत्रमा काम गरिरहेको छ ।

यस सम्झौतासँगै विश्वविद्यालयका विद्यार्थीले स्थापना गर्ने स्टार्टअपलाई मध्यपूर्वको बजारमा पहुँच पु¥याउन सहयोग मिल्ने अपेक्षा गरिएको छ । यस सम्झौतालाई यूएई र भारतबीच द्विपक्षीय साझेदारी बढ्दै गएको अर्थमा विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : १५ बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई