१८ हजारभन्दा धेरै पाकिस्तानी नागरिक विदेशी जेलमा « Khabarhub

१८ हजारभन्दा धेरै पाकिस्तानी नागरिक विदेशी जेलमा


११ श्रावण २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेशी जेलमा १८ हजारभन्दा धेरै पाकिस्तानी नागरिक बन्धक रहेको खुलेको छ । पाकिस्तानको माथिल्लो सदन सिनेट अन्तर्गत विदेशमा रहेका पाकिस्तानी एवम् मानव स्रोत विकास समितिको बैठकमा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो ।

सिनेटर जिशन खानजादाको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न मुलुकका जेलमा १८ हजार पाकिस्तानी नागरिक बन्धक रहेकोबारे औपचारिक जानकारी गराइएको थियो । बिजनेस रेकर्डरका अनुसार हाल चीनमा ४ सय १७ जना, ग्रिसमा ५ सय ९८ जना, मलेशियामा ४ सय ६३, भारतमा ७ सय ३८, ओमनमा ५ सय ७८, कतारमा ४ सय २२, यूएईमा ५ हजार २ सय ९७ जना र साउदी अरबमा १० हजार ४ सय ३२ जना पाकिस्तानी नागरिक जेलमा छन् ।

विदेशी जेलमा आफ्ना नागरिक रहेपनि सरकारले कुनै सहयोग नगरेको उक्त बैठकमा सहभागीहरुले गुनासो गरेका थिए ।

सरकारी पक्षले भने पछिल्लो समय विदेश मन्त्रालयले विभिन्न ११ मुलुकसँग बन्धक सुपुर्दगी गर्ने विषयमा छलफल अन्तिम चरणमा रहेको जनाएको थियो । त्यसबाहेक अरु १५ मुलुकसँग यस्तो सम्झौताबारे छलफल जारी रहेको बैठकमा जानकारी दिइएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आइतबार  ८ : ३० बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई