विश्वकप छनोट– नेपाली टोलीले अस्ट्रेलियाको क्याम्पबेलटाउनमा अभ्यास गर्ने | Khabarhub Khabarhub

विश्वकप छनोट– नेपाली टोलीले अस्ट्रेलियाको क्याम्पबेलटाउनमा अभ्यास गर्ने


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया  –फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ अन्तरगत छनोट चरणको तेस्रो अस्ट्रेलियाविरुद्धको ‘अवे’ खेल नेपालले क्यानबेरास्थित रंगशालामा खेल्दैछ ।

अक्टोबर १० मा हुने खेलका लागि नेपाली टोली अक्टोबर २ मा नै त्यसतर्फ जाने तयारी गरिरहेको छ । १ साता अगाडि अस्ट्रेलिया उड्न लागेको नेपाली टोलीले सिड्नीमा अभ्यास गर्ने भएको छ ।

अष्ट्रेलियन राष्ट्रिय टोलीविरुद्ध हुने विश्वकप छनोट प्रतियोगिता अन्तर्गतको खेलअघि नेपाली राष्ट्रिय फुटबल टोलीले क्याम्पबेलटाउनमा रहेकाे स्थानीय एक क्लबकाे हाेस्टेलमा बस्ने र त्यहीँ अभ्यास गर्ने भएको छ ।

त्यहाँ बस्ने र अभ्यासकाे व्यवस्था अष्ट्रेलियन नेपलिज फुटबल एसोसिएसन (एन्फा) र गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले गरेको हो ।

तस्वीर – एन्फा अस्ट्रेलिया ।

सोमबार सिड्नीमा पत्रकार सम्मेलनको आयोजना गरेर अष्ट्रेलियन नेपलिज फुटबल एसोसिएसन (एन्फा) र गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले जानकारी दिइएको छ ।

आयोजककाअनुसार राष्ट्रिय टिमका लागि दक्षिण पश्चिम सिड्नीको क्याम्पबेलटाउनकाे एक क्लबकाे हाेस्टेल र अभ्यासका लागि व्यवस्थापन गरिएकाे छ ।

नेपाली टिमलाई स्थानीय हावापानीसँग घुलमिल हुने माहोल बनाउन र अवे खेलका लागि टोलीको मनोवल उच्च बनाउनका लागि सिड्नीमा अभ्यासको व्यवस्था गरिएको एन्फा अस्ट्रेलियाका अध्यक्ष बिजेन बटाजुले जानकारी दिए ।

बटाजुका अनुसार टोलीको स्वागतमा सिड्नीमा रात्री भोजको आयोजना गरिने भएको छ । नेपाली टोलीको एकसाताको बसाईका क्रममा लाग्ने करिब ५० हजार अष्ट्रेलियन डलर खर्चको अधिकांश रकम एनआरएनको युवा फोरमको अगुवाइमा उठिसकेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ ।

राष्ट्रिय टिमको समर्थनका लागि अष्ट्रेलियाका मुख्यशहरहरु सिड्नी, मेलवर्न, ब्रिजबेन र क्यानबेरा लगायतबाट ठूलो संख्यामा नेपालीहरु क्याबेराको जीआईओ रंगशालामा उपस्थित हुने तयारी रहेको एन्फाले जानकारी दिएको छ ।

नेपालले छनोट अन्तर्गत यसअघि दुई खेल खेलिसकेको छ । दुई मध्ये एकमा जीत र एकमा हार व्यहोरेको नेपालले तीन अंक जोडेको छ ।

नेपालले अब जोर्डन र अस्ट्रेलियासँग खेल्न बाँकी छ । नेपाली टोली अस्ट्रेलियासँगको खेलपछि जोर्डन जानेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  १० : ३३ बजे

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको

फिर्ता हुन थाल्यो लुटिएको चामल र चिनी

सिरहा– सिरहाको लहान नगरपालिका–१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको