रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी « Khabarhub

रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत असार २३ गते रसुवामा आएको बाढीबाट क्षति भएको भन्दै ८४ करोड बढीको बिमा दाबी माग भएको छ ।

नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट क्षति भएको भन्दै साउन ८ गतेसम्म ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी माग भएको जनाएको छ ।

प्राधिकरणका अनुसार बीमा दाबीमध्ये सबैभन्दा धेरै ५८ करोड १ लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा ६ वटा सङ्ख्यामा माग दाबी भएको छ ।

त्यस्तै, सामुद्रिक बीमा ७ वटा सङ्ख्यामा १६ करोड २३ लाख १० हजार र इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत ३ वटा सङ्ख्यामा ५ करोड ४० लाख बराबरको बीमा माग दाबी भएको छ ।

मोटर बीमा (सार्वजनिक) अन्तर्गत ३८ वटा सङ्ख्यामा २ करोड ५९ लाख ५० हजार र मोटर बीमा (निजी) अन्तर्गत १४ वटा सङ्ख्यामा २ करोड १४ लाख ५० हजार बराबर बीमा दाबी भएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १२ : ०५ बजे

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

काठमाडौँ- नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य