दाजुको हत्या गरी फरार युवक पक्राउ « Khabarhub

दाजुको हत्या गरी फरार युवक पक्राउ


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

सिराहा– पारिवारिक विवादका क्रममा दाजुको हत्या गरी फरार एक युवकलाई प्रहरीले भारततर्फ भाग्ने क्रममा सीमावर्ती गाउँबाट पक्राउ गरेको छ ।

सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए । 

प्रहरीका अनुसार मदिरा सेवन गरेर घर फर्किएका श्यामकुमारले श्रीमती कौशिला सदामाथि कुटपिट गर्न थालेपछि रोक्न आएका दाजु मोतीरामलाई श्यामकुमारले छातीमा धारिलो हतियारले प्रहार गरेका थिए । गम्भीर घाइते भएका मोतीरामलाई तत्काल छिमेकीले लहानस्थित प्रादेशिक अस्पताल पु¥याएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

हत्यापछि फरार रहेका श्यामकुमारलाई प्रहरीले सिराहाको दक्षिणी सीमावर्ती क्षेत्र औरही गाउँपालिका–३, जमुवा नहरको बाटो हुँदै भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उक्त गाउँ भारत–नेपाल सीमाबाट करिब तीन किलोमिटरभित्र पर्छ ।

जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका श्यामकुमार सदालाई आइतबार जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान थालिएको छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको धारिलो हतियार बरामद गरेको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा आरोपितले अपराध स्वीकार गरेको प्रहरी नायब उपरीक्षक पासवानले जानकारी दिए । 

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  १ : ४५ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम