नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह १५ गते विश्वासको मत लिँदै « Khabarhub

नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह १५ गते विश्वासको मत लिँदै


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । 

मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले विश्वासको मत लिने तयारी रहेको जानकारी दिए । 

संसदीय दलको बैठकले साउन १५ गते बेलुकी ५ बजे बस्ने सुदूरपश्चिम प्रदेशसभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न, अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि  २७ मत आवश्यक हुन्छ । सत्ता साझेदार कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसद छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : २७ बजे

प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

गण्डकी– धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं– काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी

सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन,

सात तले घरको खोलातर्फको भाग भत्काएर फर्कियो डोजर (तस्बिरहरू) 

काठमाडौं– अनामनगरस्थित सात तले घरमा चलेको डोजर पुरा घर नभत्काई