नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह १५ गते विश्वासको मत लिँदै « Khabarhub

नाउपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह १५ गते विश्वासको मत लिँदै


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् । सोमबार बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शाहले साउन १५ गते विश्वासको मत लिने निर्णय गरेको हो ।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो । 

मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले विश्वासको मत लिने तयारी रहेको जानकारी दिए । 

संसदीय दलको बैठकले साउन १५ गते बेलुकी ५ बजे बस्ने सुदूरपश्चिम प्रदेशसभा बैठकमा संसदीय दलका नेता मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न, अनिवार्य उपस्थित हुन ‘ह्वीप’ जारी गरेको छ । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा विश्वासको मतका लागि  २७ मत आवश्यक हुन्छ । सत्ता साझेदार कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसद छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : २७ बजे

जनकपुरले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली