महिला सांसद समन्वय समिति गठनका लागि आग्रह « Khabarhub

महिला सांसद समन्वय समिति गठनका लागि आग्रह


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसदले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष आग्रह गरेकी छन् ।

प्रमुख राजनीतिक दलका सचेतकसहितका महिला सांसदहरूले आज मन्त्री राणालाई भेटी सो समिति स्थापनाका लागि सरकारमा रहेर समन्वय एवम् सहयोग गर्न आग्रह गरेकी हुन् । 

प्रतिनिधिसभा नियमावलीमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने गरी महिलाको एक समितिका रूपमा महिला सांसद समन्वय समिति रहने व्यवस्था भए पनि प्रतिनिधिसभाको आधा कार्यकाल पूरा भइसक्दा पनि सो समिति गठन हुन नसकेकाले सरकार र संसद्लाई दबाब दिन उनीहरूले सो आग्रह गरेकी हुन् ।

सो भेट तथा अन्तरक्रियामा प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक सुशिला थिङ, नेकपा एमालेकी सुनिता बराल, नेकपा माओवादी केन्द्रकी रुपा सोशी चौधरी, राप्रपाकी बिना लामा, रास्वपाकी निशा डाँगीसहित सांसद एवम् पूर्वमन्त्री रेखा शर्मा, सीता गुरुङ, विद्या भट्टराईलगायत अन्य सांसद पनि थिए।  

सो भेटघाटमा मन्त्री राणाले विगतमा पनि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसद एकजुट भएर नै महिला अधिकारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको स्मरण गर्दै आगामी दिनमा सो संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

उनले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अहिलेसम्म कार्यान्वयनमा नआउनु दुःखद् रहेको बताउँदै महिला समन्वय समिति गठनका लागि संसद्मा सबै दलका महिला सांसदको ऐक्यबद्धता आवश्यक रहेको बताइन्। सो समिति गठनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता उनले जनाइन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ४२ बजे

होल्डिङ सेन्टरका बालबालिकालाई विद्यालय जाने व्यवस्था मिलाउन सांसद आशिकाको आग्रह

काठमाडौं– रास्वपाकी सांसद आशिका तामाङले कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेल्टरमा आधारभूत

कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै

काठमाडौं– काठमाडौं उपत्यकाका वाग्मती र त्यसका सहायक नदी तथा सरकारी

सुशासन र जनविश्वासका लागि स्वतन्त्र प्रेस अपरिहार्य : सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले स्वतन्त्र प्रेसबिना सुशासन,

सात तले घरको खोलातर्फको भाग भत्काएर फर्कियो डोजर (तस्बिरहरू) 

काठमाडौं– अनामनगरस्थित सात तले घरमा चलेको डोजर पुरा घर नभत्काई

धोबिखोला मिचेर बनाइएको ७ तल्ले घर भत्काउन सुरु

काठमाडौं- सरकारले काठमाडौंको अनामनगरस्थित धोबीखोला मिचेर बनाइएको ७ तले घर