महिला सांसद समन्वय समिति गठनका लागि आग्रह | Khabarhub Khabarhub

महिला सांसद समन्वय समिति गठनका लागि आग्रह


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत महिला सांसद समन्वय समिति गठनका लागि आवश्यक सहयोग र समन्वय गरिदिन विभिन्न राजनीतिक दलका महिला सांसदले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासमक्ष आग्रह गरेकी छन् ।

प्रमुख राजनीतिक दलका सचेतकसहितका महिला सांसदहरूले आज मन्त्री राणालाई भेटी सो समिति स्थापनाका लागि सरकारमा रहेर समन्वय एवम् सहयोग गर्न आग्रह गरेकी हुन् । 

प्रतिनिधिसभा नियमावलीमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने गरी महिलाको एक समितिका रूपमा महिला सांसद समन्वय समिति रहने व्यवस्था भए पनि प्रतिनिधिसभाको आधा कार्यकाल पूरा भइसक्दा पनि सो समिति गठन हुन नसकेकाले सरकार र संसद्लाई दबाब दिन उनीहरूले सो आग्रह गरेकी हुन् ।

सो भेट तथा अन्तरक्रियामा प्रतिनिधिसभामा नेपाली कांग्रेसकी सचेतक सुशिला थिङ, नेकपा एमालेकी सुनिता बराल, नेकपा माओवादी केन्द्रकी रुपा सोशी चौधरी, राप्रपाकी बिना लामा, रास्वपाकी निशा डाँगीसहित सांसद एवम् पूर्वमन्त्री रेखा शर्मा, सीता गुरुङ, विद्या भट्टराईलगायत अन्य सांसद पनि थिए।  

सो भेटघाटमा मन्त्री राणाले विगतमा पनि संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका महिला सांसद एकजुट भएर नै महिला अधिकारका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको स्मरण गर्दै आगामी दिनमा सो संस्कारलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

उनले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अहिलेसम्म कार्यान्वयनमा नआउनु दुःखद् रहेको बताउँदै महिला समन्वय समिति गठनका लागि संसद्मा सबै दलका महिला सांसदको ऐक्यबद्धता आवश्यक रहेको बताइन्। सो समिति गठनका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता उनले जनाइन्।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ५ : ४२ बजे

कोशी, बागमती र गण्डकीका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बलर असफल भएपछि पाँचौँ टेस्टका लागि इंग्ल्यान्डले दियो ओभरटनलाई मौका

काठमाडौं – म्यानचेस्टरमा भएको खेल बराबरीमा सकिएपछि इंग्ल्यान्डले भारतविरुद्धको पाँचौँ

युक्रेनसँग युद्धविराम गर्न ट्रम्पले रुसलाई दिए ‘डेट लाइन’

स्कटल्यान्ड – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग युद्ध विराम

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

नागको पूजा गरेर आज नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं – नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका