सिन्धुलीबाट हराएका हायू परिवार कास्कीमा भेटिए « Khabarhub

सिन्धुलीबाट हराएका हायू परिवार कास्कीमा भेटिए


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको हायू परिवार पोखराको गगनगौंडामा फेला परेको छ।

परिवारका सदस्यहरू गत शनिबार पोखरास्थित होटल जननीमा पुगेका थिए र त्यहीँ बसेको खुलेको हो। होटल जननीका सञ्चालक सुनिल भूर्तेलका अनुसार, उनीहरू शनिबार साँझ होटल आएर आइतबार बिहान नै चेक आउट गरेर निस्किएका थिए ।

उनीहरुले तीन वटा कोठा लिएर होटलमा बसेको बताइएको छ । होटल सञ्चालक भूर्तेलले यसबारे प्रहरीलाई जानकारी गराइसकेको पुष्टि गरेका छन्।

यसअघि सोमबार गाउँपालिकाले हायू परिवारका १६ जना सदस्य बेपत्ता भएको भन्दै नामावली सार्वजनिक गरेको थियो। उनीहरू गत शुक्रबारदेखि सम्पर्कविहीन थिए।

तीन महिनाको एक लाख ९२ हजार भत्ता बुझे, बंगुर काटेर भोज खाइनसक्दै गाउँ छाडे

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ३३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह