सिन्धुलीबाट हराएका हायू परिवार कास्कीमा भेटिए | Khabarhub Khabarhub

सिन्धुलीबाट हराएका हायू परिवार कास्कीमा भेटिए


१२ श्रावण २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट बेपत्ता भएको भनिएको हायू परिवार पोखराको गगनगौंडामा फेला परेको छ।

परिवारका सदस्यहरू गत शनिबार पोखरास्थित होटल जननीमा पुगेका थिए र त्यहीँ बसेको खुलेको हो। होटल जननीका सञ्चालक सुनिल भूर्तेलका अनुसार, उनीहरू शनिबार साँझ होटल आएर आइतबार बिहान नै चेक आउट गरेर निस्किएका थिए ।

उनीहरुले तीन वटा कोठा लिएर होटलमा बसेको बताइएको छ । होटल सञ्चालक भूर्तेलले यसबारे प्रहरीलाई जानकारी गराइसकेको पुष्टि गरेका छन्।

यसअघि सोमबार गाउँपालिकाले हायू परिवारका १६ जना सदस्य बेपत्ता भएको भन्दै नामावली सार्वजनिक गरेको थियो। उनीहरू गत शुक्रबारदेखि सम्पर्कविहीन थिए।

तीन महिनाको एक लाख ९२ हजार भत्ता बुझे, बंगुर काटेर भोज खाइनसक्दै गाउँ छाडे

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार  ९ : ३३ बजे

जुडो टोली जापान जाँदै

काठमाडौं – समर डेफलिम्पिक्समा सहभागी हुन नेपाली जुडो टोली भोलि

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी