सर्वोच्चको फैसला पछि वैद्यखानामा डा खरेलको पुनर्बहाली « Khabarhub

सर्वोच्चको फैसला पछि वैद्यखानामा डा खरेलको पुनर्बहाली


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिंहदरबार वैद्यखाना विकास समितको प्रबन्ध निर्देशकमा डा. वंशदीप खरेलले पुनर्बहाली गरेका छन् ।

आइतबार सर्वोच्च अदालतले खरेललाई प्रबन्ध निर्देशकमा पुनर्बहाली गर्न आदेश दिएपछि उनले मंगलबारबाट वैद्याखानाको जिम्मेवारी पुन सम्हालेका हुन् ।

२०७३ साल फागुन १७ गतेको मन्त्रिपरिषद्‍काे वैठकले खरेललाई वैद्यखानाको प्रबन्ध निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उनको कार्यकाल ४ वर्षको भएपनि सरकार परिवर्तन भएपछि २०७५ भनौं २५ गतेको मन्त्रिस्तरीय निर्णयले खरेललाई पदबाट हटाउने निर्णय गरेको थियो ।

असोज ९ गते आफुलाई पदमुक्त गरेको पत्र पाएपछि डा खरेल असोज १२ गते सर्वोच्च अदालत गएका थिए ।

डा खरेलले रिट निवेदन हालेको ५ महिनापछि सर्वोच्चले आइतबार अन्तिम फैसाला गर्दै उनको मागदावी बमोजिन पुनर्बहाली गर्न सरकारलाई आदेश दिएको हो ।

सर्वोच्चको आदेशअनुसार पत्र पाएपछि डा. खरेलले मंगलबारबाट जिम्मेवारीमा फर्किएका हुन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ५ : ३२ बजे

एकैदिन तोलामा १० हजार बढीले घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा

रुस-आसियान साझेदारी थप मजबुत

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु