नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै | Khabarhub Khabarhub

नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक सङ्घीय संसद्को चालु अधिवेशनबाट नै पारित गर्नेगरी काम भइरहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले बताएका छन् । 

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ का संशोधनकर्ताहरुसँगको  छलफलपछि समितिका सभापति यादवले सरकारको नीति तथा कार्यक्रममा समेत उल्लेख भइसकेकाले चालु अधिवेशनबाट नै उक्त विधेयक पारित हुनेमा आफू विश्वस्त रहेको बताए।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहितको उपस्थितिमा भएको छलफलमा संशोधनकर्ता सांसदहरू माधव सापकोटा, शिशिर खनाल, निशा डाँगी, मनिष झा, राजेन्द्र बजगाईंले आफ्ना धारणा प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : ०५ बजे

९ वर्षदेखि तामाकोशी पुल अलपत्र 

दोलखा– २०७३ साल भदौमा दुई वर्ष भित्र निर्माण सक्ने गरी

कम्बोडियाले युद्धविरामको ‘उल्लङ्घन’ गरेको थाइल्यान्डको आरोप

एजेन्सी –थाइल्यान्डले बुधबार कम्बोडियालाई सीमापार लडाइँ अन्त्य गर्न युद्धविराम सम्झौताको

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स,

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा

राष्ट्रियसभा बैठकमा मन्त्रीहरू नै निदाएपछि…

काठमाडौं– राष्ट्रियसभा बैठकमा मन्त्रीहरू निदाएका छन् ।  नेपालको अतिकम विकसित राष्ट्रबाट