सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु « Khabarhub

सङ्खुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– नागपञ्चमीका दिनदेखि नेवार समुदायको बाहुल्यता रहेको पूर्वका ओखलढुङ्गा, खोटाङ, सङ्खुवासभा, भोजपुर, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा आजदेखि लाखेनाच सुरु भएको छ ।

सङ्खुवासभाको खाँदबारी नगरापलिका–१ मा रहेको भीमसेन मन्दिरमा पूजाआजा गरी विधिवत् रूपमा लाखेजात्रा सुरु गरिएको छ । नेवार संस्कृति र परम्पराअनुसार भीमसेन मन्दिरमा पूजाआजा र सगुन खुवाएर नागपञ्चमीबाट लाखे निकालिन्छ ।
    
नेवाःदेयदवू नगर कार्य समिति खाँदबारीको संयोजनमा नागपञ्चमीका दिनदेखि सुरु भएको लाखेनाच कृष्ण जन्माष्टमीसम्म हरेक दिन बजार परिक्रमा गराउँदै प्रदर्शन गरिन्छ ।

नेवार समुदायको कुलदेवता भीमसेनको पूजासँगै ढोल, ढोलकी, भ्याम्टा, मुकुन्डो, लाखेले लगाउने कपडालगायत सामग्रीहरूको पूजा गरी खाँदबारीलगायतका बजारहरूमा लाखेनाच सुरु गरिएको नेवाःदेयदवू नगरकार्य समिति खाँदबारीका अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताए।

उपत्यका तीन सहर काठमाडौँ, भक्तपुर र ललितपुर मुख्य थलो बनाएका नेवारी समुदायहरू मुलुकका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका छन् । पूर्वमा हेर्दा धनकुटाबजार, भोजपुरको टक्सार बजार र सङ्खुवासभाको चैनपुर, खाँदबारी, वाना, सिभुवाका बजारहरूमा नेवार समुदायको बसोबास छ ।

लाखेनाचका क्रममा स्थानीय लोकभाका, वेशभूषा र चालचलन एवं रोपाइँजात्रा, घोडेजात्रा, गाईजात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य गर्ने अनि सर्वसाधारणलाई मनोरञ्जन दिने गरिन्छ ।

भीससेन मन्दिरबाट विधिवत् रूपमा सुरु भएको लाखेले खाँदबारी बजार परिक्रम गरेको छ । द्वापर युगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको झल्को दिनेगरी विभिन्न गतिविधि गर्दै जिल्लामा नेवार समुदाय भएका बजार क्षेत्रमा लाखेनाच निकाल्ने चलन छ । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : २२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल

होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

तेहरान– इरानका सेना प्रवक्ता मोहम्मद अक्रमिनियाले शनिबार दिएको अभिव्यक्तिमा देशका

सरकारले हटाइएका सुकुम्वासीको जग्गा खोज्न थाल्यो

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना

स्रोत नखुलेको २७ लाखसहित दुई पक्राउ

मोरङ– स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित एक भारतीय

वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन

मन्थली– रामेछापको मन्थली नगरपालिका–४ सालु पोखरेकी अरुणा केसीले वैदेशिक रोजगारी