समस्या पर्दा भारतले सधैँ सहयोग गरेको छ : मालदिभ्सकी पूर्वविदेशमन्त्री मौमुन « Khabarhub

समस्या पर्दा भारतले सधैँ सहयोग गरेको छ : मालदिभ्सकी पूर्वविदेशमन्त्री मौमुन


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मालदिभ्सकी पूर्वविदेशमन्त्री दुनिया मौमुनले आफ्नो मुलुकलाई समस्या पर्दा भारतले सधैँ सहयोग गर्दै आएको बताएकी छिन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मालदिभ्स भ्रमणका क्रममा पूर्वविदेशमन्त्री मौमुनले यस्तो बताएकी हुन् ।

भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीका क्रममा उनले दुई मुलुकबीचको सम्बन्ध थप बलियो हुने अपेक्षा पनि व्यक्त गरिन् । हिन्द महासागर क्षेत्रको सबैभन्दा ठूलो मुलुकको हिसाबमा यस क्षेत्रमा शान्ति र सुरक्षा बहाल गर्नु भारतको जिममेवारी रहेको उनको भनाइ छ ।

कुनै घटनाक्रमले गर्दा कहिलेकहीँ उतारचढाव आएपनि त्यसले दुई मुलुकबीचको सम्बन्धमा असर पर्न नहुने उनले उल्लेख गरिन् । पर्यटन क्षेत्र मालदिभ्सको अर्थतन्त्रको प्रमुख आधार रहेको बताउँदै उनले भारतले पनि पर्यटन क्षेत्रलाई सहयोग गर्दै आएको टिप्पणी गरिन् ।

कोरोना भाइरस महामारीका बेलामा खोप प्रदान गरेर भारतले ठूलो सहयोग गरेको उनको भनाइ छ । उनले आउँदो समय दुई मुलुकबीच जनस्तरको सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको उल्लेख गरिन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ३ : २७ बजे

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौं- सङ्घीय संसद्का सांसदले निजी स्वकीय सचिव राख्ने सम्बन्धमा भएको

सरकारमाथि अन्तर्राष्ट्रिय संस्थाको गम्भीर आरोप : सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामाको दबाब दिइयो, महाभियोग लगाउन खोजियो

काठमाडौं– तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक हस्तक्षेप

दश अर्ब राजस्व सङ्कलन

विराटनगर- आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा कूल

कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब (तस्बिर)

काठमाडौं– नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई