हवाई क्षेत्रको संस्थागत सुधारका विषयमा स्पष्ट हुन जरुरी : माधव सापकोटा « Khabarhub

हवाई क्षेत्रको संस्थागत सुधारका विषयमा स्पष्ट हुन जरुरी : माधव सापकोटा


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले नेपालको हवाई सेवालाई इयुको कालोसूचीबाट हटाउने गरी संस्थागत सुधार गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा संशोधनकर्ता सांसद माधव सापकोटाले नेपालको हवाई क्षेत्रको संस्थागत सुधारका विषयमा स्पष्ट हुन जरुरी रहेको बताए । 

उनले हवाई क्षेत्रमा दुई निकायको परिकल्पना गर्दा सेवाको स्तरमा समेत सुधार हुनुपर्ने धारणा राखे । सापकोटाले अन्तर्राष्ट्रिय मान्यताका विषयमा नेपाललाई भएका व्यवधान हटाउन विधेयकले योगदान गर्नुपर्ने बताए ।

त्यस्तै संशोधनकर्ता सांसद शिशिर खनालले विमानस्थल, विमानस्थल क्षेत्र र उपलब्ध सेवा सुविधाको सुरक्षाका साथै सेवा गुणस्तर र दक्षतालाई प्राथमिकता दिँदै अधिकतम आर्थिक लाभ र सदुपयोग हुने गरी प्रयोग गर्न दिनुपर्ने सुझाव रहेको बताए ।

समिति सभापति राजकिशोर यादवले विधेयकमाथि आएका संशोधन प्रस्तावलाई सान्दर्भिकता, उपयुक्तता र औचित्यका आधारमा अधिकतम रूपमा समावेश गर्ने उल्लेख गरे । 

उनले हवाई सेवा प्राधिकरण विधेयक र नागरिक उड्डयन प्राधिकरण विधेयक एकअर्कासँग जोडिएको विषय भएकाले दुई विधेयकलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जिकिर गरे । 

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि २ सय ८१ वटा संशोधन प्रस्तावहरू दर्ता भएका छन् । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : ०१ बजे

दुई समस्याग्रस्त सहकारीका ८२ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण र पूर्वाग्रही : शंकर पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद

पक्राउपछि विष्णुले शंकरलाई भनेका थिए – काठमाडौँ जानुपर्ने भयो, कार्यक्रम सकेर आउनू

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल सोमबार सुर्खेतबाट पक्राउ

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले

राहदानी छपाइ प्रकरण : मुद्दा दायर भएका १८ मध्ये ९ जना परराष्ट्र कै कर्मचारी

काठमाडौं । राहदानी छपाइ भ्रष्टाचार प्रकरणमा सोमबार १८ जनाविरुद्ध मुद्दा