हवाई क्षेत्रको संस्थागत सुधारका विषयमा स्पष्ट हुन जरुरी : माधव सापकोटा | Khabarhub Khabarhub

हवाई क्षेत्रको संस्थागत सुधारका विषयमा स्पष्ट हुन जरुरी : माधव सापकोटा


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरूले नेपालको हवाई सेवाको संस्थागत सुधारमा ध्यान दिने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०८१ माथि छलफलका क्रममा संशोधनकर्ता सांसदहरूले नेपालको हवाई सेवालाई इयुको कालोसूचीबाट हटाउने गरी संस्थागत सुधार गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा संशोधनकर्ता सांसद माधव सापकोटाले नेपालको हवाई क्षेत्रको संस्थागत सुधारका विषयमा स्पष्ट हुन जरुरी रहेको बताए । 

उनले हवाई क्षेत्रमा दुई निकायको परिकल्पना गर्दा सेवाको स्तरमा समेत सुधार हुनुपर्ने धारणा राखे । सापकोटाले अन्तर्राष्ट्रिय मान्यताका विषयमा नेपाललाई भएका व्यवधान हटाउन विधेयकले योगदान गर्नुपर्ने बताए ।

त्यस्तै संशोधनकर्ता सांसद शिशिर खनालले विमानस्थल, विमानस्थल क्षेत्र र उपलब्ध सेवा सुविधाको सुरक्षाका साथै सेवा गुणस्तर र दक्षतालाई प्राथमिकता दिँदै अधिकतम आर्थिक लाभ र सदुपयोग हुने गरी प्रयोग गर्न दिनुपर्ने सुझाव रहेको बताए ।

समिति सभापति राजकिशोर यादवले विधेयकमाथि आएका संशोधन प्रस्तावलाई सान्दर्भिकता, उपयुक्तता र औचित्यका आधारमा अधिकतम रूपमा समावेश गर्ने उल्लेख गरे । 

उनले हवाई सेवा प्राधिकरण विधेयक र नागरिक उड्डयन प्राधिकरण विधेयक एकअर्कासँग जोडिएको विषय भएकाले दुई विधेयकलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने जिकिर गरे । 

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि २ सय ८१ वटा संशोधन प्रस्तावहरू दर्ता भएका छन् । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : ०१ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन एमालेको ह्वीप

धनगढी – नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत

गुल्मीका २२ हजार बढी नागरिक बाढीपहिरोको उच्च जोखिममा

तम्घास– वर्षायाम सुरू भएसँगै पहाडी जिल्लामा बाढीपहिरोको जोखिम बढेको छ

प्रधानमन्त्रीले भने- आर्थिक सुचकांक सकारात्मक हुँदै गएका छन्

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले नेपाल अति कम विकसित मुलुकबाट विकासशील

सिँचाइका लागि बिजुली प्रतियुनिट तीन रुपैयाँ मात्र : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सिँचाइका लागि प्रतियुनिट तीन रुपैयाँ

भगवती-बेगखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिकाको भगवती–बेगखोला सडक स्तरोन्नति आजदेखि सुरु गरिएको