वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष शाहीको निधन « Khabarhub

वीरेन्द्रनगर नगरपालिका–५ का वडाध्यक्ष शाहीको निधन


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष लोकबहादुर शाहीको निधन भएको छ ।

काठमाडौँस्थित वीर अस्पतालमा उपचार गराएर एम्बुलेन्सबाट आफ्नो घर सुर्खेत फर्किने क्रममा मंगलबार बिहान भेरीगंगा नगरपालिकाको हर्रे आईपुग्दा बाटोमै वडाध्यक्ष शाहीको निधन भएको हो । 

उनी एक वर्षदेखि फोक्सोमा क्यान्सर लागेर पीडित थिए भने निमोनियालेसमेत थलिएका थिए ।

वीर अस्पतालको आइसियुमै राखेर पनि सन्चो नहुने उपचारमा संलग्न चिकित्सकले बताएपछि घर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ५ नम्बरका कार्यवाहक वडाध्यक्ष वासु आचार्यले बताए । 

शाही नेकपा एमालेबाट २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।  उनी १० महिनादेखि बिरामी थिए ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : ०९ बजे

बारामा मोटरसाइकलको ठक्करबाट तीन जनाको मृत्यु

बारा – बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरामा आज साँझ मोटरसाइकलले

बाहुनडाँगीमा हात्ती नियन्त्रण गर्न ‘टास्कफोर्स’ परिचालन

झापा – हात्ती प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सशस्त्र प्रहरी बलले

अत्यधिक गर्मीका कारण धनगढीका विद्यालय चार दिन बिदा

कैलाली – केही दिनदेखि गर्मी अत्यधिक बढेपछि धनगढी उपमहानगरपालिकाले सामुदायिक

विष्णु पौडेल पक्राउपछि प्रदीप ज्ञवालीको प्रतिक्रिया : सरकार पूर्वाग्रह र प्रतिशोधबाट प्रेरित हुनु हुँदैन

काठमाडौं- सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल