नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न | Khabarhub Khabarhub

नेपाल-भारत सीमा कार्यदलको सातौँ बैठक सम्पन्न


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल–भारत सीमा कार्यदलको सातौँ बैठक आज नयाँ दिल्लीमा सौहार्द्रपूर्ण र मैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको छ ।  

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व नापी विभागका महानिर्देशक प्रकाश जोशीले गरेका थिए भने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको नापी विभागका महानिर्देशक हितेशकुमार एस. मकवानाले गरेका थिए।

बैठकले अगस्ट २०१९ मा देहरादूनमा आयोजित छैटौँ बैठकको नतिजाको कार्यान्वयनको समीक्षाका साथै सोही वर्षको सेप्टेम्बरमा सोही स्थानमा २०१९ मा  आयोजित ११ औँ नापी विभागका अधिकारी सम्मिलित समिति  बैठकको कार्य प्रगतिको समीक्षा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

 बैठकले नेपाल र भारत सीमा क्षेत्रमा रहेका सीमास्तम्भहरूको निरीक्षण र मर्मतसम्भारकासँग सम्बन्धित संयन्त्रका कामलाई अझ प्रभावकारी बनाउन सर्वेक्षण र नक्सांकनमा नयाँ प्रविधि अपनाउने  सहमति जनाएको छ ।

बैठक सहमतिपत्रमा हस्ताक्षरसँगै समापन भएको छ ।  दुवै पक्षले नापी विभागका अधिकारी सम्मिलित समितिको अर्को बैठक आगामी महिना  नेपालमा र सीमा कार्यदलको अर्को बैठक दुवै देशलाई अनुकूल हुने  मितिमा नेपालमा गर्ने सहमति जनाएका मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

सीमा कार्यदल नेपाल र भारत सरकारद्वारा सन् २०१४ मा गठन भएको संयुक्त निकाय हो । यसलाई सीमा स्तम्भहरूको निर्माण, पुनःस्थापना र मर्मत र अन्य प्राविधिक कार्यहरू गर्ने कार्यादेश छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ५ : ४८ बजे

विश्वभर असर गरेको भूकम्पबाट रूसमा एक जनाको पनि गएन ज्यान

काठमाडौं- रूसको कामचटका प्रायद्वीपमा गएको ८.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वभर

मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेसँगै सार्वजनिक

श्रम मन्त्रालयको वार्षिक समीक्षामा २२ बुँदे प्रतिबद्धता 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आर्थिक वर्ष २०८१/८२

भूमि विधेयक फिर्ता नलिए जनविद्रोह गर्ने उपेन्द्र यादवको चेतावनी

राजविराज- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयक