नेपालमा पनि विश्व बाघ दिवस मनाइयो « Khabarhub

नेपालमा पनि विश्व बाघ दिवस मनाइयो


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व बाघ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  

पाटेबाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाइन्छ । 

सन् २०१० मा रुसको सेन्टपिटर्सवर्गमा आयोजित अन्तरराष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै विश्व बाघ दिवस मनाउन थालिएको हो । नेपालमा पनि दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

विश्व बाघ दिवसका अवसरमा चितवन राष्ट्रिय निकुञ्ज कसरामा विशेष कार्यक्रमको आयोजना गरेको थियो । 

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले बाघको संरक्षण क्षेत्रमा चुनौती र अवसरहरूको बाबजुद सरकारले आवश्यक लगानी गर्न नसकेको बताए । उनले बाघ लगायतका वन्यजन्तु संरक्षणमा तीनै तहको सरकार मिलेर अघि बढ्नुपर्ने जिकिर गरे । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले बाघ जस्तो सुन्दर प्रजातिलाई बचाउन जरुरी रहेको बताए ।  

सन् २०२२ मा गरिएको पछिल्लो राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा हाल बाघको सङ्ख्या ३५५ पुगेको छ ।

नेपालमा बाघको सङ्ख्या लक्ष्यभन्दा धेरै वृद्धि भएसँगै यिनको व्यवस्थापन, मानव–बाघ द्वन्द्व, वासस्थानलगायत विविध चुनौतीसमेत देखिएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ०५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री