प्रधानमन्त्रीलाई एमाले कैलाली-२ को ध्यानाकर्षण पत्र : सुदूरपश्चिमको विकास र पूर्वाधारमा जोड « Khabarhub

प्रधानमन्त्रीलाई एमाले कैलाली-२ को ध्यानाकर्षण पत्र : सुदूरपश्चिमको विकास र पूर्वाधारमा जोड


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमाले कैलाली क्षेत्र नं. २ निर्वाचन क्षेत्रीय समन्वय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वाधार विकासलाई प्राथमिकतामा राख्न मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ । 

रानी जमरा कुलरिया सिँचाइ आयोजनाको उद्घाटन कार्यक्रममा सहभागी हुन कैलाली आएको बेला समन्वय समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ७ बुँदे माग पत्र सहित ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

उक्त ध्यानाकर्षण पत्रमा सुदूरपश्चिम प्रदेशको समावेशी विकास, पूर्वाधार विस्तार, रोजगारी सृजना, शिक्षा, यातायात तथा कृषि क्षेत्रमा तत्काल ध्यान दिनुपर्ने मागहरू समावेश छन् ।

निर्वाचन क्षेत्र इन्चार्ज एवं नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कमला ओली नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो । पत्रमा डुडेझारी औद्योगिक क्षेत्र विकास गरी सुदूरपश्चिमको विशेषता अनुरूप रोजगारी सृजना गर्ने उद्देश्यले औद्योगिक क्षेत्रको स्थापना गर्न माग गरिएको छ । 

चिसापानी गड्डाचौकी छ लेनको बाटो निर्माण प्रक्रिया अघि बढाउन र दीर्घकालीन योजना र बजेट सुनिश्चित गर्न आग्रह गरिएको छ । सेती लोक मार्गलाई राष्ट्रिय महत्वको आयोजनाको रूपमा घोषणा गरेर यसलाई सुदूरपश्चिमको वैकल्पिक जीवन रेखा बनाउने दृष्टिकोणले अघि बढाउन माग गरिएको छ ।

चिसापानी कुईने जंगलघाट मंगलसैन सडक निर्माणलाई प्राथमिकतामा राख्न, सुदूरपश्चिमका १३ क्याम्पसलाई शीघ्र आङ्गिक क्याम्पसका रूपमा विकास गर्न र नदी कटान क्षेत्रलाई तटबन्ध गरेर सधैँको समस्यालाई निराकरण गर्न माग गरिएको छ । 

माग पत्रमा इन्चार्ज कमला ओली, संयोजक धनञ्जय न्यौपाने, सहसंयोजक प्रेम भुल, सचिव टंकराज ओलीसहितले हस्ताक्षर गरेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीले सरकार माग संशोधन गर्न र जनताका जीवन स्तर सुधारका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ३० बजे

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा

एनपीएलमा चाँदीको बल पुरस्कार, पहिलो विजेता बने शेर मल्ल !

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा एक्स्ट्रिम इनर्जी

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली