गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल « Khabarhub

गैरआवासीय नेपाली सङ्घ रुसको अध्यक्षमा कट्टेल


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् रुसको नयाँ कार्यसमिति अध्यक्षमा सीताराम कट्टेल निर्वाचित भएका छन् ।

मस्कोमा सम्पन्न १२औँ साधारणसभाबाट उनी निर्वाचित भएका हुन् । खोटाङमा जन्मिएका ३३ वर्षीय कट्टेल प्रारम्भिक तथा माध्यमिक शिक्षा नेपालमै पूरा  गरेपछि सन् २०१२ मा उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्तिमा रूसको राजधानी मस्को गएका थिए ।  
  
विद्यार्थीकालमा उनले नेपाली विद्यार्थी सङ्घको अध्यक्ष भएर काम गरिसकेका छन् ।
 
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा अमित कुमार कर्ण र डा. प्रनिल प्रधान, महासचिवमा प्रवीण खतिवडा चयन हुनुभएको छ । यस्तै, युवा संयोजकमा गिभ्सन ढकाल, सचिवमा  खगेन्द्र धामी र दयानिधि गुरागाईं, कोषाध्यक्षमा रामबाबु पाण्डे र सह–कोषाध्यक्षमा यमबहादुर थापा निर्वाचित भएका छन् । 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ६ : ५७ बजे

एसिसी यु-१९ प्रिमियर कपः उपाधिका लागि भिड्दै नेपाल र यूएई

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि

अन्तरिक्षमा विज्ञान र प्रविधि परीक्षण : अमेरिका र रुसको आठ महिने अभियान

मास्को – अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार

आज २०८२ साल मंसिर १५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर १५ गते सोमबार तदनुसार