अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर | Khabarhub Khabarhub

अनिश्चितकालीन आमरण अनसनमा मझुवागढीका मेयर


१३ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढीका मेयर तीर्थराज भट्टराई काठमाडौँको माइतीघरमा अनिश्चित आमरण अनसन बस्ने भएका छन्‌ । भोलि बिहान ९ बजेदेखि भट्टराई आमरण अनसनमा बस्ने भएका हुन्‌ ।

बाँदर लगायत अन्य वन्यजन्तुबाट खाद्यान्न उत्पादनमा पुगेको क्षति, विश्वव्यापी जलवायु परिवर्तन, पर्यावरणीय सङ्कट तथा बाँस र गाँजा लगायतका वनस्पतिको बिल्डिङ कोड र नम्स तयार गर्दै स्थानीय स्रोत साधनको समुचित उपयोगसँग सम्बन्धित सात बुँदै माग सहित मेयर भट्टराईले असार ९ गते बसेको नगर सभाको नीति तथा कार्यक्रमबाट सत्याग्रह घोषणा गरेका थिए ।

उल्लेखित माग राख्दै मेयर भट्टराईले साउन १३ (सम्म) काठमाडौँको माइतीघरमा शान्तिपूर्ण सत्याग्रह बसेका थिए । तर, सरकारले सत्याग्रहका माग सम्बोधन गर्न औपचारिक रूपमा कुनै चासो र पहल नगरेकाले अनिश्चितकालीन आमरण अनसन घोषणा गरेका पालिकाका कार्यवाहक नगरप्रमुख विसन राईले जानकारी दिएका छन्‌ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलबार  ९ : ०१ बजे

कीर्तिपुर क्रिकेट मैदानका फ्लडलाइटका ६ वटै टावर ठड्याइयो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका

प्रधानमन्त्री सुशीला कार्कीले मंगलरबार दलहरूसँग छलफल गर्ने

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई निर्वाचन

रोलेक्स घडी देखाउँदै मन्त्री पुनले भनेः धन्न झोलामा राखेर बचिएछ

काठमाडौं – संचारमन्त्री जगदीश खरेलको घडीबारे चर्चा भइरहेकै बेला शिक्षा,

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

गाजा – हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक