बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै « Khabarhub

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुँदैछ ।

निर्वाचन समितिका संयोजक हरिशरण श्रेष्ठका अनुसार मतदाता नामावली प्रकाशन, नामावलीमा दाबी–विरोध, उम्मेदवारका लागि दरखास्त दर्ता, प्रारम्भिक नामावली र उम्मेदवारी फिर्ताको समय दिउँसो १२ बजेसम्म तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली दिउँसो १ बजे प्रकाशन गरिनेछ भने मतदान दिउँसो २ देखि ३ बजेसम्म हुने तालिका रहेको छ ।

मतदान कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा हुनेछ । मतदान सकिएलगत्तै मतगणना सुरु गरी आजै नतिजा सर्वाजनिक गरिने संयोजक श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश कांग्रेसमा गत शुक्रबार प्रदेश सरकारका मुख्यमन्त्री समेत रहेको दलका नेता बहादुरसिंह लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्तावमा मंगलबार भएको मतविभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो । अल्पमतमा परेपछि लामाले दलको नेता पद गुमाएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : ३८ बजे

फ्लाईदुबईका पाँच यात्रुलाई ‘वीरता पुरस्कार’ घोषणा

जेरुसेलम– इजरायली राष्ट्रपति आइज्याक हर्जोगले बिहीबार पाँच इजरायली यात्रुलाई ‘वीरता’

पूर्वसभापति देउवालाई महाधिवेशन उद्घाटनका लागि आग्रह गरिसक्यौँ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले आइतबारबाट सुरु हुने पार्टीको

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं– बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐनविपरीत कसुर

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका