भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी « Khabarhub

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी कुरिल द्वीपसमूहमा सुनामीको लहर आएको छ । यसका कारण सेभेरो–कुरिल्स्क तटीय सहरबाट बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सारिएको क्षेत्रीय अधिकारीहरूले बताएका छन्।

सखालिन क्षेत्रका गभर्नर भालेरी लिमारेन्कोका अनुसार, कमचाट्का प्रायद्वीप नजिकै ८.७ रेक्टर स्केलको भूकम्प मापन गरिएपछि केही समयमै पहिलो लहरले सेभेरो–कुरिल्स्कको किनारमा हानेको छ ।

अधिकारीहरूले करिब २,५०० जनाको जनसंख्या भएको सहरका बासिन्दालाई तटीय क्षेत्रबाट टाढा उच्च स्थानतर्फ सार्न आदेश दिएका थिए।

सुनामीको खतराबाट पूर्णरूपमा मुक्ति नहुन्जेलसम्म बासिन्दाहरू उच्च स्थानमै सुरक्षित रहनेछन्,’ लिमारेन्कोले भने । उनले थपे, ‘आपतकालीन सेवा उच्च सतर्कतामा छन् र सार्वजनिक सुरक्षाका लागि आवश्यक सबै कदम चालिएको छ।’

स्थानीय सञ्चारमाध्यम र अधिकारीहरूले सार्वजनिक गरेका भिडियोहरूमा पानी तटीय क्षेत्रमा पसिरहेको र बासिन्दाहरू उच्च स्थानतर्फ भागिरहेको देखिन्छ, साथमा सुनामीको साइरन बजिरहेको सुनिन्छ।

हालसम्म कुनै मानवीय क्षति वा ठूला संरचनात्मक क्षतिको सूचना आएको छैन। तर, सेभेरो–कुरिल्स्कस्थित अलाइड माछा प्रशोधन कारखाना पूरै पानीमा डुबेको छ । त्यहाँका सबै कर्मचारीलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको छ।

रुसी भू–भौतिक सेवाले सेभेरो–कुरिल्स्कका जलमग्न तटीय क्षेत्रहरूको ड्रोन फुटेज पनि सार्वजनिक गरेको छ।

युज्ह्नो–सखालिन्स्क सिस्मिक केन्द्रकी प्रमुख एलेना सेमेनोभाले कमचाट्का नजिकको शक्तिशाली भूकम्पपछि सम्पूर्ण कुरिल द्वीपसमूहमा सुनामीको खतरा घोषणा गरिएको बताइन्।

द्वीपहरूमा रहेका विभिन्न बस्तीहरूमा अधिकारीहरूले तटीय क्षेत्रमा निगरानी गरिरहेका छन् र सावधानीस्वरूप स्थानान्तरण जारी राखिएको छ। आपतकालीन सेवा अझै उच्च सतर्क अवस्थामा रहेका छन्।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ९ : ४६ बजे

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान– धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा

काठमाडौं विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक–  यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा