बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त « Khabarhub

बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीनजना मन्त्री नियुक्त गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट विश्वासको मत गुमाएको एक दिनपछि उनले रिक्त रहेका तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री लामाले बुधबार कांग्रेसका प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुदमन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारणमन्त्री नियुक्त गरेका छन् ।

कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापतिसमेत रहेका प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको पक्षमा उभिँदै पाँच मन्त्रीले राजीनामा दिएका थिए ।

यसैबीच सत्ता साझेदार नेकपा एमालेले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण नगराउन आग्रह गरेको छ । शपथ ग्रहणका लागि तयारी भइरहँदा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरेर तत्काल सपथ ग्रहण नगराउन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ११ : ०८ बजे

निर्वाचन आउन ८८ दिन बाँकीः आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार

आज २०८२ साल मंसिर २१ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २१ गते आइतबार तदनुसार

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न