जग्गाको विवरण पेश गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको पत्राचार  « Khabarhub

जग्गाको विवरण पेश गर्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई मन्त्रालयको पत्राचार 


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका निकाय अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग जग्गाको विवरण माग गरेको छ । 

विभिन्न ठाउँबाट जग्गा अतिक्रमण भएको गुनासो आउन थालेपछी मन्त्रालयले विभिन्न २३ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई जग्गाको विवरण ७ दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको हो । 

विभाग, केन्द्र, अस्पताल, प्रयोगशाला, सेन्टर समेतका नाममा केकति जग्गा दर्ता कायम रहेको छ ? दर्ता जग्गा के कति छ ? जग्गाको उपयोगको अवस्था के छ ? अन्य निकाय वा व्यक्तिलाई जग्गा उपयोग वा लिजमा उपलब्ध गराएको छ- छैन ?  उपयोग वा लिजमा उपलब्ध गराएको भए के कुन मितिमा कति जग्गा कुन व्यक्ति वा निकायलाई के कुन शर्तमा उपलब्ध गराएको छ ?  सम्पूर्ण व्यहोरा स्पष्ट हुनेगरि विवरण खुलाई पठाउनु मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  १२ : २८ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री