शेखरको स्पष्टीकरण- सरकार फेरबदलको खेलमा लागेको छैन, दलको नेता फेर्ने अंकगणित मसँग छैन | Khabarhub Khabarhub

शेखरको स्पष्टीकरण- सरकार फेरबदलको खेलमा लागेको छैन, दलको नेता फेर्ने अंकगणित मसँग छैन


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिवर्तन गर्ने खेलमा आफू नलागेको बताएका छन् ।

बुधबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले मुलुकको समस्या समाधानका लागि आफूले अन्य दलका नेताहरूलाई भेट गरेको बताए ।

तर आफूले सरकार परिवर्तनका लागि कुनै छलफल नगरेको पनि स्पष्टीकरण उनले दिएका छन्। कोइरालाले कांग्रेस संसदीय दलको नेता परिवर्तन गर्न संख्या चाहिने बताउँदै आफूहरूसँग त्यो नभएको उल्लेख गरेका छन् ।

कोइरालाले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसके पनि अर्को बन्ने सम्भावना नरहेकाले वर्तमान गठबन्धनले २०८४ को निर्वाचन गराउने बताएका छन् ।

नेता कोइरालाले पूर्वराष्ट्रपति र उपराष्ट्रपति राजनीतिमा फर्कन नहुने आफ्नो स्पष्ट धारणा रहेको बताउँदै संविधानले यस विषयमा नबोलेकोले संशोधन आवश्यक रहेको उल्लेख गरे ।

कोइरालले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनलाई प्राथमिकतामा राखे पनि अहिलेसम्म त्यसका लागि कार्यदल नबनाएको गुनासो गरे ।

निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ अनिवार्य राख्नु पर्ने बताउँदै उनले यसमा राजनैतिक दलका शीर्ष नेताहरूले चलखेल गरिरहेको आरोप पनि लगाएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  २ : १८ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति