भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई | Khabarhub Khabarhub

भैरहवामा रास्वपा दलको बैठक, केही सांसदले जेल पुगेर भेटे रविलाई


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक भैरहवामा बुधबार दिउँसो भैरहवामा बसिरहेको छ।

पार्टीका प्रवक्ता मनिष झाका अनुसार बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसदीय दलको बैठक बस्ने गरि समय निर्धारण गरिएको छ।

बैठकको भैरहवाको एक होटलमा बसेको हो । सहकारी ठगी प्रकरणमा रविलाई थुनिएको भैरहवा कारागारनजिकै बैठक राखिएको हो ।

बैठकमा सहभागी हुन रास्वपाका केही सांसद मंगलबार भैरहवा पुगेका थिए । बाँकी भने बुधबार नै भैरहवा उत्रिए।

मंगलबार भैरहवा पुगेका पार्टी उपसभापतिद्वय डीपी अर्याल, डा. स्वर्णिम वाग्ले, महासचिव कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झासहितका सांसदहरूले रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते हुन लागेको उपनिर्वाचनबारे स्थानीयबासीसँग छलफल गरेका थिए ।

त्यसैगरी बुधबार नै बैठक बस्नुअघि कावा सभापति अर्यालले सभापति लामिछानेलाई कारागारमा पुगेर भेटेका छन् । सांसदहरू सोविता गौतम, अशिम साह, डा. चन्दा कार्कीले कारागारमा पुगेर रविलाई भेटेको खुलेको छ।

भेटका क्रममा रविले आफ्नो पक्षमा २५ लाख बढी सर्वसाधारणले मत दिने गरि चलाएको हस्ताक्षर अभियानका लागि नेताहरूप्रति आभार व्यक्त गरेका छन् । रविले अहिले रास्वपाको पक्षमा माहोल बनेको बताउँदै ‘ग्राउन्ड रियालिटी’ नभुली अभियानमा लागिरहन पनि भनेका छन् ।

रास्वपा अहिले संसदीय दलको नेताविहीन छ । सभापति लामिछानेको सांसद पद निलम्बित भएपछि संसदीय दलको नेता चयन गरिएको छैन ।

रविले दलको नेतामा कसैलाई कार्यवाहक तोकेका छैनन् । संसदीय दलमा संयोजको भूमिका उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ३ : ०५ बजे

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१

नदीका दुई किनाराजस्तै रेशम र रञ्जिताको सम्बन्ध

काठमाडौं– स्थानीय तह निर्वाचन–०७९ सम्मुखमा दलीय मान्यता पाएको नागरिक उन्मुक्ति