एएफसी यू-२० एसियन कप छनोट खेल्ने टोलीको बिदाइ (तस्बिरहरू) « Khabarhub

एएफसी यू-२० एसियन कप छनोट खेल्ने टोलीको बिदाइ (तस्बिरहरू)


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार काठमाडौंमा नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरेको हो । 

कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, एन्फा महासचिव किरण राई लगायतले एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला टोलीलाई बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै एसियन कप छनोटमा राम्रो नजिता निकाल्ने बताए ।

त्यस्तै कप्तान विर्सना चौधरीले एसियन कप छनोटका लागि तयारी राम्रो भएकाले नेपालको पक्षमा नजिता आउने उल्लेख गरिन् ।

टोलीले आगामी भदौ २३ देखि २८ सम्म भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । 

छनौट चरणको खेलमा नेपाल समूह बी मा रहेको छ । समूह बीमा समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि रहेका छन् ।

तस्बिरहरू:

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : ०२ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित