सीएमसीका मेडिकल विद्यार्थी र अभिभावक फेरि आन्दोलित | Khabarhub Khabarhub

सीएमसीका मेडिकल विद्यार्थी र अभिभावक फेरि आन्दोलित


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवन मेडिकल कलेज (सीएमसी)का विद्यार्थीहरुले पुनः आन्दोलन शुरु गरेका छन् ।

विद्यार्थीसँग लिएको बढी  शुल्क सीएमसीले फिर्ता गर्ने सहमति गरेपनि कार्यान्वयन नभएको भन्दै एमबीबीएस तथा नर्सिङका विद्यार्थीहरु र अभिभावक आन्दोलमा उत्रिएका हुन् ।

मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै शुल्क फिर्ताका लागि विद्यार्थीहरु भदौदेखि नै आन्दोलन गर्दै आएका थिए । विद्यार्थीको आन्दोलन पछि सरकारले मेडिकल कलेजलाई बढी लिएको शुल्क एक महिनाभित्र फिर्ता गर्न निर्देशन दिएको थियो।

सरकारको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यलय चितवनले अभिभावक, विद्यार्थी, कलेज प्रशासन र जिल्ला प्रशासन कार्यलयका पदाधिकारीको समिति बनाएर कलेजले बढी लिएको शुल्कको विवरण तयार पार्ने सहमति गरिएको थियो ।

सहमतिपछि सीएमसीका आन्दोलनरत विद्यार्थीहरुले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेपनि मेडिकल कलेजले बढी शुल्क लिएको विवरण नै तयार पार्न नमानेपछि विद्यार्थीहरु पुनः आन्दोलित भएका हुन् ।

मेडिकल कलेजले शुल्क फिर्ताका लागि प्रतिवेदन तयार पार्नै अवरोध गरेको भन्दै विद्यार्थीहरुले सोमबार बिहान ११ बजे सिएमसीको प्रवेशद्धारमै नाराबाजी गरेका थिए ।

आन्दोलनरत विद्यार्थीहरुले सिएमसीले एमबीबीएस अध्ययनरत विद्यार्थीसँग १२ लाखसम्म र नर्सिङका विद्यार्थीसँग ६ लाख सम्म बढी शुल्क लिएको दाबी गर्दै आएका छन् । उनीहरुले २०७४ साल यता सीएमसीले ४५ करोड बढी शुल्क लिएको विद्यार्थीहरुको दाबी छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ५ : ४३ बजे

लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाट, भारततर्फ १०१५ मेगावाट निर्यात

काठमाडौं – यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च

तनहुँ दुलेगौडास्थित एक घरमा आगलागी

दमौली – तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ

कारको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं – काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको

‘जेरी अन टप’को सुरुवाती व्यवसाय कस्तो ?

काठमाडौं – तिहारलाई लक्षित गरी गत असोज ३१ गतेदेखि प्रदर्शनमा

विपिन जोशीको शव परिवारलाई बुझाइयो

काठमाडौं – प्यालेस्टिनी कट्टरपन्थी समूह हमासको नियन्त्रणमा ज्यान गुमाएका विपिन