इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी | Khabarhub Khabarhub

इन्द्रबहादुर बानियाँ दलको नेतामा विजयी


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ पार्टीको बागमती प्रदेश संसदीय दलको नेतामा निर्वाचित भएका छन् । बुधबार प्रदेश राजधानी हेटौडामा भएको निर्वाचनबाट उनी मुख्यमन्त्री बहादुरसिंह लामालाई पराजित गर्दै दलको नेतामा निर्वाचित भएका हुन् । 

कांग्रेसबाट निर्वाचित ३७ प्रदेशसभा सदस्यमध्ये बानियाँको पक्षमा २२ र मुख्यमन्त्री लामाको पक्षमा १४ मत खसेको छ । एक मत बदर भएको छ । यसअघि मंगलबार संसदीय दलको बैठकमा मुख्यमन्त्री लामाविरुद्ध दर्ता भएको अविश्वासको मत बहुमतले पारित भएको थियो ।
 
दलको नेता रहेका मुख्यमन्त्री लामाविरुद्ध बानियाँले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित साउन ९ गते प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रस्ताव दर्ता भएकै दिन लामाले बागमती प्रदेशको मुख्यमन्त्री पद सम्हालेको ठीक एक वर्ष पुगेको थियो । 

कांग्रेसको प्रदेश संसदीय दलको विधानको धारा १८ (६) मा ‘संसदीय दलका २५ प्रतिशत सदस्यले नेतामाथि अविश्वास प्रकट गरी सो प्रस्तावमा छलफलका निम्ति संसदीय दलको बैठक बोलाउन सदस्य सचिवसमक्ष लिखित निवेदन दिन सक्ने’ व्यवस्था छ । 

यस्तै धारा १८ (७) मा उपधारा (६) बमोजिम लिखित सूचना प्राप्त भएमा सदस्य सचिवले प्रदेश समितिमार्फत् केन्द्रीय समितिलाई सो कुराको जानकारी दिई १५  दिनभित्र दलको बैठक बोलाउने’ प्रावधान राखिएको छ । तर, मुख्यमन्त्री लामाले अविश्वासको प्रस्ताव दर्ता भएको पाँचौ दिनमै दलको बैठक बोलाएका थिए । 

०७९ पुस १३ गते भएको संसदीय दलको नेताको चुनावमा बानियाँ लामासँग पराजित भएका थिए । तत्कालीन समयमा लामाले २१ मत प्राप्त गर्दा बानियाँले १६ मत ल्याएका थिए । उनीहरू दुबै कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवानिकट नेताहरू मानिन्छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ४ : १७ बजे

आज २०८२ साल साउन १६ गते शुक्रबाको राशिफल

काठमाडौं – आज २०८२ साल साउन १६ गते शुक्रबार। साउन

विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

काठमाडौं – नेपालमा मनसुन भित्रिएको दुई महिना पूरा भएको छ

माओवादीमा चुलिँदै दुई लाइन संघर्ष, प्रचण्डप्रति सार्वजनिक रुपमै पोखिन थाल्यो असन्तुष्टि

काठमाडौं- नेकपा माओवादी केन्द्रमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल

मधेसमा सुक्खाः बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन

काठमाडौं – राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल टुङ्ग्याइदै

काठमाडाैं – राष्ट्रियसभाअन्तर्गतका विधायन व्यवस्थापन समितिमा जारी जलस्रोत विधेयक, २०८१