जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री देउवा « Khabarhub

जलवायु न्यायको विषयलाई अन्तर्राष्ट्रिय जगतमा उठाइरहेका छौँ : मन्त्री देउवा


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले अन्तर्राष्ट्रिय जगत्मा जलवायु न्यायको विषयलाई सशक्त ढङ्गले उठाउँदै आएको बताएकी छन् । 

नेपाल तरुण दल कास्कीद्वारा बुधबार पोखरामा आयोजित ‘नेपालको परराष्‍ट्रनीति, जलवायु परिवर्तन एवं तरुण युवाहरूको सरोकार विषयक संवाद कार्यक्रम’मा उनले नेपाललाई जलवायुजन्य हानिनोक्सानीसम्बन्धी अन्तर्राष्ट्रिय कोषबाट क्षतिपूर्ति दिनुपर्ने धारणा राखिन् ।

सो विषयमा हालै अन्तर्राष्ट्रिय न्यायिक अदालतमा समेत नेपालका पक्षबाट आफूले आवाज उठाएको उल्लेख गर्दै मन्त्री देउवाले विकसित देशले गरिरहेको कार्बन उत्सर्जनको नकारात्मक असर नेपालले भोग्नुपरिरहेको बताइन् ।

उनले जलवायु परिवर्तनले ठूलो चुनौती निम्ताएको जनाउँदै यसको जोखिम न्यूनीकरणमा नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । पछिल्लो समय जलवायु परिवर्तनले पारेका असरबारे जनगुनासो धेरै आउने गरेको मन्त्री देउवाको भनाइ छ ।

 जलवायु परिवर्तनको असरबाट आउने पिँढीलाई बचाउन वृक्षरोपण गर्नुपर्ने, प्लाष्टिकको प्रयोग कम गर्नुपर्ने, विद्युतीय गाडी तथा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढाउनुपर्ने उनले बताइन्। मन्त्री देउवाले नेपाल भूराजनीतिक हिसाबले संवेदनशील र रणनीतिक महत्वको भूगोलमा रहेको बताइन्। 

स्थिर परराष्ट्र नीतिका कारण नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता विश्वमाझ स्थापित बनेको उनको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ५ : ५५ बजे

सिरियामा जोर्डनको हवाई आक्रमण, तीन बालबालिकासहित सात जनाको मृत्यु

एजेन्सी– दक्षिणी सिरियाको दारा प्रान्तमा जोर्डनको हवाई आक्रमणमा तीन बालबालिकासहित

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री