उद्योग मन्त्रालयद्वारा तीन जना विज्ञ सदस्य नियुक्त « Khabarhub

उद्योग मन्त्रालयद्वारा तीन जना विज्ञ सदस्य नियुक्त


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जना ‘बोर्ड अफ ट्रेड’ मा विज्ञ सदस्य नियुक्त गरेको छ । 

निजी क्षेत्रका तीन प्रतिनिधिहरू कुशकुमार जोशी, विदुसी राणा र ज्योत्सना श्रेष्ठलाई ‘बोर्ड अफ ट्रेड’ को विज्ञ सदस्यमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको व्यापार नीति तथा व्यापार सहायता शाखाबाट जारी गरिएको नियुक्तिपत्र अनुसार तीनै जनालाई वाणिज्य नीति २०८१ को बुँदा १३ को व्यवस्थाअनुसार बोर्ड अफ ट्रेडमा नियुक्त गरिएको मन्त्री दामोदर भण्डारीको स्वकीय सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार यो नियुक्ति २०८२ साउन १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार गरिएको हो । विद्यमान वाणिज्य नीतिमा व्यापार सुधार गर्ने, निजी क्षेत्रको सक्रियता, नीतिनिर्माणमा समन्वय र सरकारी तथा निजी क्षेत्रबीच सहकार्य मजबुत बनाउने बोर्ड अफ ट्रेडको भूमिकालाई महत्त्वपूर्ण आधारका रूपमा लिइएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ६ : ४५ बजे

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको

बसको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

धरान– धरान उपमहानगरपालिका–१९ मिलनचोकस्थित भित्री सडकखण्डमा बसले अटोलाई ठक्कर दिँदा

काठमाडौं विश्वविद्यालयका दुई हजार दुई सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक–  यहाँको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा आज ३१औँ दीक्षान्त समारोह

टियागो इभिमा मेडिकल प्रोफेसनलका लागि विशेष अफर

काठमाडौं– टाटा मोटर्स नेपालका लागि आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभिमा विशेष

प्रभुका अर्का उच्च अधिकारी पक्राउ, बैंकिङ कसुरमा तानिए रेमिट्यान्स विभाग प्रमुख शाक्य

काठमाडौं- बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गत थप कसूरमा