कास्कीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु | Khabarhub Khabarhub

कास्कीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु


१४ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

कास्की – कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा आज पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

घाचोकको लस्तीखोलास्थित हेमजा–माछापुच्छ्रे सडक खण्डमा बिहान खसेको पहिरोमा पुरिएर पोखरा महानगरपालिका–२५ का २३ वर्षीय तेजबहादुर गुरुङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार सो स्थानमा बिहान ९ः३० बजे पहिरो गएको थियो । दिउँसो २ः२५ बजे पहिरो पन्छाउने क्रममा गुरुङको शव फेला परेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए । बङ्गुर फार्ममा दाना लिएर जाने क्रममा गुरुङ पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

घटनामा स्थानीय शुक्ला गण्डकी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक माछापुच्छ्रे –३ निवासी ४६ वर्षीय सुरजमोहन पोखरेल घाइते भएका छन् । उनको पोखराका मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शिक्षक पोखरेललाई स्थानीयले उद्धार गरी अस्पताल लगेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार  ८ : ४३ बजे

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार

वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना

फिल्म ‘परालको आगो’ : जितुको स्थानमा सौगातको प्रवेश

काठमाडौं – फिल्म ‘परालको आगो’मा जितु नेपालको बहिर्गमनसँगै नायक सौगात

‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’

टक्सार- ‘कोदोजन्य परिकारको आधार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’

चितवनमा १५ दिनमै २० जनामा डेङ्गु सङ्क्रमण

चितवन– साउन यता चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये