भारत विरुद्धको टेस्ट इंग्ल्यान्डका कप्तान स्टोक्सले नखेल्ने « Khabarhub

भारत विरुद्धको टेस्ट इंग्ल्यान्डका कप्तान स्टोक्सले नखेल्ने


१५ श्रावण २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्ल्यान्डले भारतसँग बिहीबार ओभलमा पाँचौ टेस्ट खेल्दैछ। यो टेस्टमा इंग्ल्यान्डले कप्तान बेन स्टोक्सलाई गुमाउने भएको छ। स्टोक्सको पाखुराको चोट बल्झिएपछि उनी मैदान बाहिर रहने भएका हुन्।

स्टोक्सको अनुपस्थितमा ओली पोपले टोलीको नेतृत्व गर्ने छन्। ज्योकोब बेथेल, गुस एटकिन्सन, जेमी ओभरटन र जोस टेंगुले यस टेस्टमा मौका पाउने छन्। जोफ्रा आर्चर र ब्रायडन कर्ष तथा लियाम डाउसनलाई पनि यस टेस्टमा आराम दिइएको छ।

मुख्य प्रशिक्षक ब्रेन्डन म्याककुलुम र टिम चिकित्सकसँग सल्लाह गरेपछि स्टोक्स खेल्ने निर्णय सहित ओभल पुगेका हुन्। त्यहाँ पुगेपछि उनले दुखाइको महसुस गरेपछि मैदान बाहिर रहने निर्णय लिएका हुन्। उनी २१ नोभेम्बरमा सुरु हुने अस्ट्रेलियासँगको पहिलो एसेससम्म ठिक भइसक्ने अनुमान गरिएको छ। म्यानचेस्टरमा भएको चौथो टेस्टको अन्तिम दिन पनि स्टोक्सले ११ ओभर मात्र बलिङ गरेका थिए।

प्रकाशित मिति : १५ श्रावण २०८२, बिहीबार  ६ : १८ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी